शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बालुवा–गिटी अभावले पुनर्निर्माण प्रभावित, अस्वाभाविक मूल्यवृद्धि

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २८, २०७३



  • दोलखा । बालुवा–गिटीको अभाव र मूल्यमा भएको अस्वाभाविक वृद्धिले जिल्लामा पुनर्निर्माण अभियान प्रभावित भएको छ । अधिकांश निजी घरको निर्माण रोकिएको छ भने सरकारी, विद्यालय भवन तथा सडक, पुललगायत आयोजनासमेत प्रभावित छन् ।
    क्रसर उद्योग सञ्चालकले एकैसाथ ठूलो माग भएकाले समस्या भएको बताएका छन् । माग बढे पनि नदी तथा खोलाबाट सहज रूपमा गिटी–बालुवा झिक्न नपाएको उनीहरूको भनाइ छ । जिल्लामा अहिले चारवटा क्रसर उद्योग सञ्चालनमा छन् । ट्रिपर चालक रोहित खड्काले दुईदेखि तीन दिनसम्म लाइन बसेपछि बल्ल एक ट्रिपर (आठ घनमिटर) बालुवा उपलब्ध हुने गरेको बताए।

    अस्वाभाविक मूल्यवृद्धि
    उच्च माग भएपछि क्रसर व्यवसायीले बालुवा र गिटीको मूल्यमा अस्वाभाविक वृद्धि गरेका छन् । दसैँअघिसम्म प्रतिघनमिटर ६ सय रुपैयाँमा कारोबार हुँदै आएको बालुवाको मूल्य अहिले ११ सय पुगेको छ । प्रतिघनमिटर १३ सयको गिटी १६ सय पुगेको छ ।
    उपभोक्ताले पुनर्निर्माण अभियानका वेला क्रसर उद्योग सञ्चालकले अस्वाभाविक मूल्यवृद्धि गरेर फाइदा उठाएको आरोप लगाएका छन् । तर, तामाकोसी रोडा ढुंगा सप्लायर्सका प्रोपाइटर सुरेश उप्रेतीले कच्चा पदार्थ उत्खनन गर्दा नै लागत वृद्धि भएको र सामानको गुणस्तरसमेत राम्रो भएका कारण अरू जिल्लासरह मूल्य समायोजन गरिएको दाबी गरे, आजको नयाँ पत्रिकामा खबर छ  ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij