आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

समयमै मर्मत हुन नसक्दा राजमार्गका अधिकाशं पक्की पुल जीर्ण बन्दै

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २८, २०७३



  • नवलपरासी ।   पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् ।

    पुल थोत्रो भएको तर समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । नवलपरासीको बहुलाहा, जयश्री, अरुणखोला, डन्डाखोला र लोकाहा खोलाका पुल थोत्रिरहेका छन् । कति बेला कुन पुल के हुन्छ भन्ने त्रास छ । ती पुल समयमा मर्मत नहुँदा भत्कने अवस्थामा पुगेका छन् ।

    स्टिलका अधिकांश पुल कमजोर अवस्थामा छन् । धेरै पुलको आयु खस्किसकेको छ । पुलमा प्रयोगमा आउने स्टिल विशेष खालको भएकाले लन्डनबाट खरिद गर्नुपर्ने आवश्यकता छ ।

    विसं २०४० मा राजमार्ग निर्माण गर्दै गर्दा बनाइएका तीपुलको मर्मत सुधार गर्नुपर्ने बेला भएको प्राविधिक बताउँछन् ।

    राजमार्ग क्षेत्रमा बनाइने यस्ता पुलको औसत आयु ४० देखि ५० वर्ष भए पनि स्टिल ब्रिजमा आधारित पुल अहिले भाँचिन थालेका छन् । अरु पुल पनि भाँचिने विज्ञको भनाइ छ ।

    सडक डिभिजन कार्यालय बुटवलले समयमै पुलको मर्मतमा चासो नदिँदा पुलको अवस्था कमजोर हुँदै गएको हो । महाभारत र चुरे क्षेत्रबाट बग्ने खोलामा ढुङ्गा, गिट्टी र बालुवा निकासीमा सावधानी नअपनाउँदा पुलको अवस्था कमजोर बनेको हो ।

    बेला बेलामा सामान्य रुपमा टालटुल पारेर मात्र मर्मत गरिएकाले पुल जीर्ण हँुदै गएको स्थानीयवासीको आरोप छ । बढी भारका कारण राजमार्गका अधिकांश पुल कमजोर भएको प्राविधिकको भनाइ छ ।

    सडक डिभिजन कार्यालय बुटवलका अनुसार पुल जीर्ण रहेको अवस्थामा १८ टनभन्दा बढी भार बोक्न हँुदैन तर यहाँ४० टनसम्म भार बोकिने र त्यसलाई रोक्न प्रहरी प्रशासनले कडाइ नगर्दा पुल भाँचिने गरेको छ । कतिपय पुल साँघुरा भएका कारण ठोक्किँदा कच्ची हुने गरेका छन् ।

    सडक विभाग, पुल आयोजनाले दुई वर्षअघि गरेको अध्ययनपछि बुटवल–नारायणगढ सडक खण्डका ४२ पुलमध्ये १२ फलामे पुल जोखिममा रहेको र तत्काल मर्मत सम्भार गर्नुपर्ने भनी प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको कार्यान्वयन भने भएको पाइएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij