शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

काठमाडौंका युवतीहरूमाझ कोलाहल

  • प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७३



  • परिवारका महिला नै फन्दामा परेका छन् । ठग्ने कहाँ छ कहाँ ? ठगिनेहरू प्रहरी हिरासतमा छन् ।

    धादिङस्थित युथ फाउण्डेशनमा काम गर्ने सम्झाना श्रेष्ठ (नाम परिवर्तन)सँग फेसबुकमा आइलागेका थिए, जर्मन घर घई लण्डनमा कण्डक्टर इञ्जिनियर हुँ भन्ने केनी जोनसन । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

    फ्रेन्ड रिक्वेष्ट आयो, सम्झनाले स्वीकार गरिन् । केही दिन म्यासेन्दरमा कुरा हुँदा केनी सामान्य रुपमै प्रस्तुत भइरहेका थिए । तर, केही दिनपछि सम्झानाको नेपालको ठेगाना मागे । किन ? भनी सोध्दा ‘म पनि नेपाल आउँछु । नेपालमा मलाई एउटा घर किनिदेउ । तिमीलाई पैसा र राम्रो राम्रो गिफ्टहरू पठाउँछु । जर्मन घुम्न लान्छु’ भन्ने जवाफ पाइन् ।

    अरु त यस्तै उस्तै हो, गिफ्ट नै पठाउँछ भने ठेगाना दिएर के नै बिग्रिएला भनी ठेगाना पठाइन् । केही दिनपछि केनीले खबर ग¥यो, सामान दिल्लीमा आएको छ भनेर । एउटा कार्टुनमा विभिन्न गिफ्ट आइटम र ५० हजार पाउण्ड पैसा छ भन्यो ।

    त्यो सामान पाउन भारतमा पाँच सय अमेरिकी डलर पठाउनुपर्ने खबर आयो । ५० हजार पाउण्ड हात लाग्छ भने पाँच सय अमेरिकी डलर के ठूलो कुरा भयो र ? सम्झनाले पठाउने के उपाय छ भनी सोधिन् । केनीले त्यहाँको कष्टम अफिसबाट फोन आउँछ भने । नभन्दै फोन आयो, भारतीय नम्बर ००९१९७१८७६७९४४ बाट । फोन गर्नेले, ‘म तपाईलाई नेपालको खाता नम्बर दिनछु’ नबिल बैंकमा रहेको रमिता महर्जनको ४६१००१७५०४४१९ पठाइदियो ।

    नबिल बैंकको बानेश्वर शाखाबाट सम्झनाले उक्त खातामा ५४ हजार रुपियाँ जम्मा गरिन् । पैसा त हालियो, तर सामान आएन । किन आएन भनी सोधखोज गर्दा भारतीय नम्बरको मोबाइल रिसिभ गर्ने ती व्यक्तिले त्यति मैसा नपुग्ने भयो भन्दै नेपाली रुपियाँ एक लाख २७ हजार फेरि माग्यो । भोलिपल्ट बिदाको दिन । फेरि पर्सिपल्ट फोन आयो । चार प्रतिशत गभर्मेन्ट चार्ज लाग्छ । भन्दै दुई लाख ७९ हजार नेपाली रुपियाँ त्यही खातामा हाल्न भनियो । उनले त्यसै गरिन् ।

    तर सामान आएन । पछि भारतीय नम्बर रिसिभ गर्ने उसले पाउन्ड ‘साट्न तपाईलाई अप्ठेरो पर्छ । तयसैले म साटिदिन्छु’ भन्दै अरु पैसा माग्न थाल्यो । यसपछि सम्झनाले थप पैसा नडुबाउने निर्णय गरिन् । र, बुझिन् आफू ठगिएको कुरा । प्रहरीकहाँ गइन् । अनुसनधानबाट नबिल बैंकको खाता नम्बर प्रयोगकर्ता रमिता महर्जन फेला परिन् । उनी रहिछन् ठमेल घर भइ आठ कक्षा मात्रै पढेकी ३६ वर्षीया गृहिणी उनी पनि यसै गरी फसेकी । उनलाई एक वर्षअघि अस्बर टोनी कोल नाम भएको व्यक्तिले फेसबुकबाट ठगेको रहेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij