शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

झापामा सवारीसाधनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७३



  • झापा । नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट गएराति झापाको दमकमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    दमक–१० स्थित पूर्व पश्चिम राजमार्गको सगरमाथा पेट्रोल पम्पअगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी–६ का ३५ वर्षीय राजन कुइँकेलको दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ ।

    दमकबाट घर फर्कँदै गरेको अवस्थामा मे ८ प ११९३ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आएको नम्बर नखुलेको सवारीसाधनले गएराति साढे ९ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतिर लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij