प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७३
काठमाडौं । नेपाल हस्तकला महासंघको चवालिसौं वार्षिकोत्सव तथा पाचौं हस्तकला दिवस मनाइएको छ ।
हस्तकला दिवसको अवसरमा परम्परागत हस्तकलाका वस्तुहरु एवं बाह्रौ हस्तकला प्रतियोगिताका सहभागी कलाकारहरुबाट तयार गरिएका सामग्रीहरुको प्रदर्शनी गरिएको थियो ।
सो अवसरमा महासंघका पदाधिकारी तथा प्रतिनिधिकारी, पूर्व अध्यक्ष, पूर्व पदाधिकारी तथा कार्यसमिति सदस्य, उपत्यका भित्रका सदस्य संघका अध्यक्षहरु एवं प्रतिनिधिहरु, कार्यसमिति तथा परिषद्द्वारा गठित विभिन्न समिति तथा उपसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij