प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७३
नयाँ दिल्ली । सुरक्षा एजेन्सी त्यसबेला एक्सनमा आए, जव एक व्यक्ति राष्ट्रपति भवन नजिकै जंगलमा जोडिएको भित्तामा देखिए । कुनै आतंकी गतिविधिको आशंकामा प्रहरीले अप्रेशन शुरु गर्यो । अन्तितमा प्रहीले सेता दाह्री भएका गाजी नुरल हसनलाई पक्राउ गर्यो । उनलाई सोधपुछका लागि चाणक्यपुरी प्रहरी थाना लगियो । सोधपुछमा हसनले यस्तो बताए कि प्रहरी पनि दंग परे ।
खासमा ६८ बर्षका हसन पछिल्लो ४० बर्षदेखि राष्ट्रपति भवन नजिकै तुगलक काल स्मारकको तल गुफा बनाएर बसेका थिए । हसनले भनेका छन कि, गुफा उनी आफैले खनेका हुन् र त्यहाँ आफ्नो २२ बर्षका छोरा मोहम्मद नूरसँग बस्थे । 
–उनले भोटर कार्डदेखि पासपोर्टसम्म बनाएका थिए । जसमा उनको ठेगाना मजार लेखिएको छ ।
–प्रहरीलाई यति लामो सयमसम्म यो कुराको कुनै सूचना भएन ।
–हसनले आफ्नो जिन्दगीका वारेमा भनेका छन कि, उनी मूल रुपमा उत्तर प्रदेश व्यक्ति हुन् । उनी आफु धार्मिक गुरु र उर्दू लेखक हुन् । पछि उनी राष्ट्रपति भवनमा सिफ्ट भए, गुफामा ।
–पूर्व राष्ट्रपति फखरुद्दीन अली अहमदले हसनलाई धार्मिक गुरुका रुपमा नियुक्त गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij