प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७३
काडमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल भारतको सामाजिक बनावटलाई हेरेर सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको बताएका छन् । उपप्रधानमन्त्री निधिले नागरिकतासम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै आफू अंगिकृत नागरिकताको पक्षमा नरहेको पनि बताए ।
उनले भने
–नागरिकतालाई जन्मसिद्ध अधिकारको रुपमा मात्रै लिने हो भने अंगिकृत नागरिकलाई नागरिकता दिने व्यवस्था गर्न हुँदैन ।
–नेपाल भारतको अवस्थितिलाई हेरेरै सरकारले अंगिकृत महिलाको हक समेतलाई ध्यानमा राखेर संविधान संशोधन प्रस्ताव ल्याएको हो ।
–संविधान संशोधन प्रस्ताव संसदबाटै टुंगो लगाउनुपर्छ ।
–संसदमा दर्ता भएको विधेयक संसदिय प्रक्रियाबाटै टुंगो लगाउन नदिएर विपक्ष एमालेसहितका दलहरुले संसदीय प्रक्रियाको खिल्ली उडाएका छन् ।
–संसद बैठक अवरोध नगर्न विपक्ष दलहरुलाई आग्रह छ ।
–संसदीय प्रक्रियाको अपमान गर्दा परिणाम राम्रो हुँदैन । विपक्ष एमालेसहितका दलहरुले यसमा ध्यान दिन जरुरी छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij