आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जुट्यो तीन लाख – फेसबुकबाट

  • प्रकाशित मिति : बिहिबार, मंसिर ३०, २०७३



  • बागलुङ । धवलागिरि अञ्चलकै जेठो विद्यामन्दिर पुस्तकालयको संस्थागत विकासका लागि फेसबुकका माध्यमबाट रु तीन लाखभन्दा बढी रकम सङ्कलन भएको छ । तीन महिनाअघि ‘एक व्यक्ति एक हजार’ अभियान चलाएको पुस्तकालयले हालसम्म तीन लाख १० हजार पाँचसय २१ रुपैयाँ उठेको जनाएको छ ।

    विसं २००३ सालमा स्थापित पुस्तकालयले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियानको प्रवद्र्धन गरिरहेको छ । रु १० लाखको संस्थागत विकास कोष खडा गर्न आर्थिक अभियान चलाइएको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए ।

    ‘एक व्यक्ति एक हजार’ अभियानमा देश–विदेशबाट सयौँ व्यक्ति जोडिनुभएको छ”, अध्यक्ष राजभण्डारीले भने , “कतिपयले स्वेच्छिक रुपमा बढी रकम पनि सहयोग गर्नुभएको छ ।”

    अध्यक्ष राजभण्डारीका अनुसार त्यस्तो सहयोग रकम फेसबुकका माध्यमबाट जुट्ने गरेको छ । अभियानका बारेमा पुस्तकालयले फेसबुकमा सूचना÷विवरण राखेपछि पुस्तकालयप्रेमीले स्वतःस्फूर्त रुपमा सहयोग गर्न थालेका थिए । सहयोगदाताको तस्बिर र सहयोग रकम पनि फेसबुकबाटै सार्वजनिक हुने हुँदा अरूलाई समेत प्रेरित गरेको पुस्तकालयका सचिव राम थापा ‘अविरल’ले बताए ।

    फेसबुकमा अरूले गरेको सहयोग देखेर नै आर्थिक अभियानमा जोडिनेको सङ्ख्या बढेको उहाँको भनाइ छ । सहयोग गर्नेमा वैदेशिक रोजगारमा गएका बागलुङवासी बढी छन् । आउँदो छ महिना भित्रमा अभियानबाट संस्थागत विकास कोषको रकम रु १० लाख पु¥याइने भएको छ ।

    कम सहयोग लिने तर धेरै जनाबाट लिने उद्देश्यले ‘एक व्यक्ति एक हजार’ अभियान चलाएको पुस्तकालयले जनाएको छ । प्रविधिको विकास र पाठकको मागलाई दृष्टिगत गरी पुस्तकालयले गत वैशाखदेखि विद्युतीय पुस्तकालय पनि सञ्चालनमा ल्याएको छ ।

    पुस्तकालय र सँगै सञ्चालनमा रहेको बाल विकास केन्द्र सञ्चालनमा व्यवस्थापनले समस्या झेल्दै आएको छ । पछिल्लो समय पाठकको सङ्ख्यामा समेत ह्रास आउन थालेपछि पुस्तकालयले विभिन्न क्षेत्रबाट सहयोग जुटाएर विद्युतीय पुस्तकालय सञ्चालन गरेको हो । विद्युतीय पुस्तकालय सञ्चालनमा आएपछि विद्यार्थी र पाठकको सङ्ख्या वृद्धि भएको जनाइएको छ ।

    पुस्तकालयको आम्दानीले कर्मचारी र अन्य व्यवस्थापन खर्च जुटाउन धौ–धौ परेपछि आन्तरिक कोष बढाउन लागिएको हो । विद्युतीय पुस्तकालय सञ्चालन, व्यवस्थापन र अन्य कार्य गर्न संस्थागत विकास कोषलाई प्रयोगमा ल्याइनेछ । विभिन्न भाषा र विधाका गरी १४ हजारभन्दा बढी पुस्तक पुस्तकालयमा सङ्ग्रहित छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij