प्रकाशित मिति : बिहिबार, मंसिर ३०, २०७३
काठमाडौं । भारतीय अभिनेता शत्रुघ्न सिन्ह नेपाल आएका छन् । केही समय अगाडि एलजी फिल्म अवार्डमा भाग लिन नेपाल आएका उनी अहिले फेरी काठमाडौं आइपुगेका हुन् । 
उनी यस पटक कुनै अवार्ड वा विशेष समारोहमा सहभागि जनाउन आएका होइनन् । उनी उद्योगपती विनोद चौधरीका कान्छा छोरा वरुणको इन्गेजमेन्ट समारोहमा भाग लिन नेपाल आएको बुझिएको छ । चौधरी परिवारसँग नजिक रहेका उनी बुधबार त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।
हुन त बेलाबेलामा उनी नेपाल आउने गर्दछन् । शिव भक्त उनी पशुपतिनाथको दर्शन गर्न मन पराउँछन् । पशुपतिनाथको कृपाले आफूलाई सधैं फलिफाप भइरहेको उनले बताउने गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij