प्रकाशित मिति : बिहिबार, मंसिर ३०, २०७३
पर्सा वीरगन्ज । पथलैया सडक खण्डको परवानीपुरमा आज दिउँसो एलपी ग्यास ट्याङ्करले ठक्कर दिँदा एक तीन वर्षीय बालकको मृत्यु भएको छ ।
पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको एनएल ०१ एल ७३१६ नं को ट्याङ्करले परवानीपुरको ज्योतिस्पेनिङ मिल नजिकै ठक्कर दिँदा वीरगन्ज उपमहानगरपालिका– २४ लिपनिमाल निवासी बालक अरमन खतिवाडको मृत्यु भएको हो ।
हजुरआमा सुशीला खतिवडासँगै बाटो काट्ने क्रममा ग्यास ट्याङ्करले ठक्कर दिँदा अरमनको मृत्यु भएको परवानीपुरस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भिमसेन धामीले जानकारी दिए।
सो घटनामा हजुरआमा सुशीला समेत गम्भीर घाइते भएपछि उपचारको लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएको उनले बताए ।
घाइते सुशीलाको टाउको र खुट्टामा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् । ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई कारबाहीका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij