प्रकाशित मिति : बिहिबार, मंसिर ३०, २०७३
काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले पदाधिकारीहरुको कार्यविभाजन गरेको छ । तर संस्थापनले कार्यविभाजन एकलौटी भएको भन्दै माधव नेपाल पक्षले विरोध गरेको छ ।
आफूहरुको सहमति बिना कार्यविभाजन गरिएको भन्दै नेपाल पक्षले असन्तुष्टि जनाउँदै शुक्रबार छुट्टै भेला बोलाएको एक नेताले बताए ।
तर उपाध्यक्ष सुनिता बरालले सबैको सहमतिमा कार्यविभाजन गरिएको दाबी गर्दै विरोध गर्नुको औचित्य नरहेको बताइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij