शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पजेरो दुर्घटना, तीनको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, पुस १, २०७३



  • धादिङ  ।  पश्चिम नेपालबाट काठमाडौँतर्फ जाँदै गरेको पजेरो आज बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    ग २ च ४५७२ नं को पजेरो गाडी पल्टिएर भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक एक महिला र दुई पुरुष रहेको र मृतकहरुको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यता ट्रकको चक्काले च्यापेर गुल्मीको भुवाचिदीस्थित लौरेसिमलमा एक व्यक्तिको ज्यान गएको छ । यसरी ज्यान जानेमा गुल्मी अमरअर्वाथोक घर भई हाल रुपन्देही–३ डिङ्गनगर निवासी ४१ वर्षीय राजु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    वामीटक्सारबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ३७८५ नम्बरको ट्रकको पहिल्लो चक्काले च्याप्दा बिहीबार राति श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । प्रहरीले चालकसहित ट्रकलाई नियन्त्रणमा लिई शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय तम्घास ल्याइपु¥याएको छ । शव परीक्षणका लागि लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij