शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

संक्रान्ति बजारमा आगलागी, पाँच घर जले, आगो निभाउन समस्या

  • प्रकाशित मिति : शुक्रबार, पुस १, २०७३



  • तेह्रथुमको आठराईस्थित संक्रान्तिबजारमा बिहान ११ बजेपछि सुरु भएको आगलागीमा अहिलेसम्म पाँचवटा घर जलेका छन् । स्थानीय अग्नि सेढार्इंको घरबाट सुरु भएको आगलागीमा सँगै रहेका बद्री सेढार्इं, दिपेश सिटौला, अमृत गहतराज र देवेन्द्र पाहीमको घर पूर्णरुपमा जलेको छ ।

    हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या भएको स्थानीय वासु बरालले बताए । आगो बजारका अन्य घरतर्फ फैलिरहेको छ । आगो नियन्त्रणका लागि सँगै जोडिएका केही घर डोजर लगाएर भत्काउने प्रयास भइरहेको स्थानीयले टेलिफोनमा जानकारी दिएका छन् । बजार क्षेत्रको सडक साँघुरो भएकाले डोजर लगेर भत्काउन समेत समस्या भएको प्रहरी नायव उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले बताए । बजारमा पानीको अभाव भएको र हावा चलिरहेकाले आगो निभाउन समस्या भएको उनले बताए ।

    आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले प्रयास गरिरहेका छन् । पाँचथरको फिदिमबाट नजिकको दूरीमा रहेकाले आगो निभाउनका लागि त्यहाँबाट थप प्रहरी आउँदै गरेको प्रहरी नायव उपरीक्षक ढकालले बताए ।

    सदरमुकामस्थित म्याङलुङ नगरपालिका र लालीगुराँस नगरपालिकामा एक/एक वटा दमकल भए पनि सडक साँघुरो भएकाले त्यसतर्फ दमकल पठाउन नसकिएको प्रहरीले जनाएको छ । आगलागी भइरहेको संक्रान्तिबजार सदरमुकाम म्याङलुङबाट एक दिनको पैदल दूरीमा पर्छ । आगलागीको कारण खुल्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij