आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोर्चाद्धारा एमालेको झण्डा जलाईयो

  • प्रकाशित मिति : शनिबार, पुस २, २०७३



  • परासी । नवलपरासीमा मोर्चाले बन्दको प्रतिकार गर्दै एमाले पार्टीको झण्डा जलाएको छ ।

    आजदेखि नेकपा एमालेल पुनः प्रदेश नं. ५ को बन्दको आव्हान गरेपछि नवलपरासीमा मोर्चाले बन्दको विरोध गर्दै एमाले पार्टीका झण्डा जलाएका हुन् ।

    सरकारले मधेशका जिल्लालार्ई मात्र केन्द्रित गरि प्रदेश नंं ५को सिमाकङ्ग गर्ने प्रस्ताव सहित संविधान संसोधन प्रस्ताव दर्ता गराएपछि आन्दोलनमा उत्रिएका एमाले पार्टीलाई संयुक्त लोकतान्त्तिक मधेशी मोर्चाले विरोध जनाउदै आज जिल्लाको सदरमुकाम परासीमा एमालेको झण्डा जलाई विरोध गरेको मोर्चाका संयोजक मुकुरजी गिरीले बताए ।

    एमालेद्धारा आव्हान बन्दलाई मोर्चाले प्रतिकार गर्दै मोर्चाका कार्यकर्ता आज परासी आसपासका क्षेत्रको बन्दलाई खुलाउदै हिडेका थिए । सरकारले हाल ल्याएको प्रदेश नं. ५ को संघियताका खाका कुनैपनि हालतमा फेरिनु हुदैन भनी माग गर्दै मोर्चाले सरकारलाई समर्थन जनाएका थिए ।

    हिजो साँझदेखि बन्दको आव्हान गर्न एमालेका कार्यकर्ताद्धारा परासीमा निकालिएको ¥यलालीलाई मोर्चाका कार्यकर्ताहरुले भाड्न खोज्दा दुबै पक्षबिच झडप समेत भएको थियो । दुई पक्षबिच भएको झडपलाई प्रहरीले लाठी चार्ज गरि नियन्त्रणमा लिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij