प्रकाशित मिति : शनिबार, पुस २, २०७३
पुस २, २०७३- एसएसपी गणेश केसीसहित तीन जनालाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिले लागू औषध नियन्त्रण ब्यूरोका एसएसपी गणेश केसी, अञ्चल प्रहरी कार्यालय वाग्मतीका केदारमानसिंह भण्डारी र प्रहरी मुख्यालय यूएन जगेडाका रमेश भट्टराईलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।
हाल एकजना डीआईजीकोमात्रै पद खाली भए पनि पुस ५ गतेदेखि हेमन्त मल्ल ठकुरी र केशव अधिकारीले अवकाश पाउँदैछन् ।
यसैगरी डीएसपीहरु राजेन्द्रकुमार थापा, राजकुमार थापा, राजकुमार लम्साल, अनुराग द्विवेदी, चन्द्रकुवेर खापुङ, विद्यानन्थ माझी, सानुकाजी लामिछाने एसपीमा बढुवा सिफारिसमा परेका छन् ।
समितिले विपिनकुमार कर्माचार्य, मधुसुधन लुइँटेल, दिल्लीराज पन्त, ध्रुवराज राउत, मोहनप्रसाद पोखरेल, राजेन्द्रसिंह खड्का, टीकाबहादुर केसी र योगबहादुर पाललाई एसपीमा बढुवा
सिफारिसमा परेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij