आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म प्रधानमन्त्रीबाटै विद्रोह गर्ने पक्षमा छु : प्रचण्ड

  • प्रकाशित मिति : आइतवार, पुस ३, २०७३



  • चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड ले पछिल्लो घटनाक्रमले देशमा ठूलो राजनीतिक दुर्घटना हुने खतरा आफूले देखेको बताएका छन् ।

    चितवनमा शनिबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशमा पुनः सामन्तीतन्त्र फर्काउने प्रयास भइरहेको र ०४७ साल तिर देशलाई फर्काउन खोजिएको दाबी गरे ।

    ‘२०४७ साल तिर त फर्कने होइन २०७४ साल तिरै जाने हो,’ अंक जोडेरै उनले भने, ‘दुई अंक चार सात(४७) र सात चार(७४) संयोगले मात्र हो ।’

    ठूलै शक्ति संघीयतालाई खारेज गराउने षड्यन्त्रमा लागि रहेको बताउदै उनले यसको विरुद्धमा एकजुट भएर लड्नुपर्ने बताए ।

    प्रधानमन्त्री दाहालले आदिवासी जनजातिको योगदान विना अहिलेको परिवर्तन सम्भव नभएको बताउदै जनजातिहरुको माग पुरा गराउन आफू प्रतिबद्ध रहेको बताए ।
    प्रधानमन्त्री दाहालले यो देश एउटा कुनै जाति विशेष पेवा, उपल्लो वर्गको ठेकेदारी मात्रै होइन भन्दै सबै जातजाति, संस्कृति धर्मको साझा देश भएको बताए ।

    ‘आदिवासीका अगाडि सवै बाहुन एकै हुदैनन्, कोही सामन्ती सोचका हुन्छन, कोही आदिवासीका हकका लागि ज्यानै हत्केलामा राखेर हिडने हुन्छन्, एकथरी बाहुन क्षेत्रीले अहिले संघियताकै खारेजीमा लागेछन्,’ प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्रीको कार्यालयबाट विद्रोह गर्नेमा छु ।’ राजधानीमा खबर छ |

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij