शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

आपराधिक घटना नियन्त्रणमा प्रहरी सक्रिय

  • प्रकाशित मिति : आइतवार, पुस ३, २०७३



  • काठमाडौँ – राजधानीको बल्खु, कुलेश्वर, कालीमाटी, ताहचल र त्रिपुरेश्वरलगायत क्षेत्रमा चोरी, डकैती, लुटपाट, ठगी र लागूऔषध प्रयोग तथा कारोबार नियन्त्रण गर्न प्रहरीले अभियान सञ्चालन गरेको छ ।
    महानगरीय प्रहरी वृत्त कालीमाटीले अभियान सञ्चालन गरेको हप्ता दिनमा विभिन्न मन्दिरबाट चोरी भएका पुरातात्विक मूर्ति १२ थान, आठ किलो चरेस, विषाक्त मदिरा १८ हजार लिटर, गरगहना लुटेरा र साइकल चोरलाई नियन्त्रणमा लिएको छ ।
    वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले सर्वसाधारणको गुनासोभन्दा पनि शङ्कास्पद व्यक्तिमाथि निगरानी, गल्ली तथा बस्तीहरू खानतलासी गर्नेक्रममा यस्ता अवैध कार्यमा संलग्न व्यक्ति रङ्गेहात पक्राउ परेको जानकारी दिए ।
    कालीमाटी तरकारी बजारक्षेत्र आसपास लागूऔषध सेवन हुने गरेको सुराकीका आधारमा नियमित चेकजाँचका क्रममा प्रहरीले चरेस बनाउन प्रयोग हुने कच्चापदार्थ एक किलोसहित मकवानपुर टिस्टुङका सुजन तामाङलाई नियन्त्रणमा लिएको छ ।
    उनको पक्राउसँगै चन्द्रागिरिस्थित तामाङको कोठामा छापा मार्दा थप सात किलो चरेस बनाउन तयार पारिएको कच्चापदार्थ बरामद भएको जानकारी वृत्त प्रमुख अधिकारीले दिए । उनको पक्राउसँगै कालीमाटी तरकारी बजार आसपासका क्षेत्रमा चरेस सेवन घटनामा कमी आएको प्रहरीको दाबी छ ।
    त्यस्तै, कुलेश्वरका विभिन्न मन्दिरबाट मूर्ति चोरी गरी लुकिछिपी बस्दै आएका दोलखाकी कुमारी तामाङ १२ वटा मूर्तिसहित पक्राउ परेकी छन् । प्रहरीका अनुसार दिउँसो कुमार र राति कुमारी बताउने लामा तेस्रो लिङ्गी हुन् ।
    बल्खुस्थित सुकुम्बासी वस्तीमा सञ्चालित विषाक्त रसायन मिसाएर घरेलु मदिरा उत्पादन गर्ने २५ वटा कारखाना बन्द गरेको छ । सो क्षेत्रबाट १८ हजार लिटर मदिरासमेत प्रहरीले बरामद गरेको छ ।
    सो क्षेत्रमा उत्पादित मदिराका कारण केही दिनअघि एक सर्वसाधारणको मृत्यु भएको थियो ।
    राजधानीका विभिन्न स्थानको पार्किङमा राखेका साइकल चोरीमा संलग्न एक गिरोहलाई पनि प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको छ । पक्राउपर्नेहरू १० देखि १६ वर्ष उमेरका छन् । फुर्सदको समयमा डुल्दै हिँड्ने यो समूहले पार्किङ स्थलमा साइकल भेटाउनेबित्तिकै चोरेर भाग्ने गरेको थियो ।
    समूहका सदस्यको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरूको साथबाट चोरीका साइकल पनि बरामद भएका छन् । वृत्तले अपराधविरुद्धको उक्त अभियानलाई झन् सशक्त र प्रभावकारी बनाउँदै लैजाने प्रहरीले जनाएको  छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij