प्रकाशित मिति : आइतवार, पुस ३, २०७३
काठमाडौँ । लामो समयदेखि मुखको अर्बुद रोगको उपचार गराइरहेका पर्यटन पत्रकार पुष्प थपलियाको उपचारका क्रममा आज ६८ वर्षका उमेरमा निधन भएको छ ।
गोरखा पर्यटनका संस्थापक अध्यक्षसमेत रहेका थपलियाको शिक्षण अस्पतालमा निधन भएको हो । उनको मुखकोे अर्बुद रोगको उपचारका क्रममा दुवै मिर्गौलाले समेत काम नगर्ने भएको थियो ।
पर्यटन पत्रकारितामा तीन दशकदेखि थपलिया नौ महिनादेखि उपचाररत थिए। सुरुमा मुखको अर्बुद रोगबाट पीडित भएपछि छ महिनासम्म भारतको मेदान्त अस्पतालमा उपचार गराउनुभएका थपलिया पछि डेढ महिनादेखि शिक्षण अस्पतालमा उपचाररत थिए ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij