शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

दोस्रो खानेपानीे सुधार आयोजनाबाट पानी वितरण

  • प्रकाशित मिति : सोमवार, पुस ४, २०७३



  • बर्दिवास । महोत्तरीको बर्दिवासमा सञ्चालित दोस्रो खानेपानीे सुधार आयोजनाबाट आजदेखि पानी वितरण सुरु गरिएको छ । स्थानीय मुसहरबस्तीमा आज आयोजित कार्यक्रममा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले सो आयोजना शुभारम्भ गरेकाहुन् ।यसअघि पहिलो खानेपानी पहुँच आयोजनाबाट वितरण भएको पानी अपुग भएपछि सो आयोजना सुरु गरिएको थियो ।

    एसियाली विकास बैंकको अनुदान सहयोग र ऋण तथा बर्दिवास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको श्रमदानमा रु साढे पाँच करोडको लागतमा सो आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए।

    सहरीकरण बढ्दै गएसँगै बर्दिवासमा खानेपानीको समस्या ममाधान गर्न दुई वर्षपहिले सो आयोजना सुरु गरिएको थियो ।“हाम्रो बस्तीबाटै खानेपानी धाराबाट पानी वितरण सुरु भयो”, मुसहर बस्तीकी मनिता सादाले भनिन्–“अब लाग्छ हाम्रोबारे पनि अन्य समुदाय सोच्दा रहेछन् ।”मुसहर बस्तीमा आज खानेपानी धाराबाट पानी पाउन थालेको खुसियालीमा त्यो बस्तीका दलितले सामूहिक भोज गरेका थिए ।

    खानेपानी तथा सरसफाइ संस्थाको दोस्रो सुधार आयोजना सम्पन्न भएसँगै बर्दिवास नगरपालिका क्षेत्रका वडा नम्बर १, २, ३ र ४ गरी चार हजार घरपरिवारलाई तत्कालका लागि खानेपानी समस्या समाधान भएको छ । अब बढ्ने जनसङ्ख्या र सहरीकरणलाई ख्याल गरेर बर्सेनि खानेपानीसँग सम्बन्धित काम गरिए पानीको समस्या नहुने संस्थाका अध्यक्ष पोखरेलको ठम्याइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij