आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अधिकारीद्वारा तीन करोड ५० लाखका ४७ योजना सार्वजनिक

  • प्रकाशित मिति : सोमवार, पुस ४, २०७३



  • पोखरा ।  व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र क्षेत्र विकास पूर्वाधार कार्यक्रमअन्तर्गत रु तीन करोड ५० लाखको ४७ वटा योजना आज यहाँ सार्वजनिक गरेका छन् ।

    कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद अधिकारीले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा विगतका कार्यक्रमको समीक्षा र आव २०७३/७४ विकास कोषको योजना एवम् विनियोजित रकम सार्वजनिक गरेका हुन् ।

    सार्वजनिक योजनामध्ये निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु तीन करोड रकममध्ये फेवाताल संरक्षणका लागि रु ५० हजार छुट्याएको जानकारी दिँदै उनले पोखरा उपमहानगरपालिकाबाट रु ५० हजार र विभिन्न सङ्घसंस्थाबाट रु ५० हजार गरी कुल रु एक करोड ५० लाखको लागतमा जलकुम्भी झार व्यवस्थापनका लागि आधुनिक उपकरण खरिद गर्ने जानकारी दिए ।

    त्यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत कास्की र स्याङ्जा जिल्लाको सिमानास्थित साल्मे डाँडामा गोर्खा भूतपूर्व सैनिकद्वारा निर्माणाधीन गोर्खा स्मारकका लागि रु १० लाख विनियोजन गरिएको छ ।

    क्षेत्रगत रुपमा विभिन्न चरणमा छलफल एवम् प्राविधिक सहयोग र विवादरहित उपभोक्ता समितिका आधारमा योजना छनोट गरिएको बताउँदै उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा २५ वटा र क्षेत्र विकास कार्यक्रमअन्तर्गत २२ वटा योजना रहेका छन् भने ।

    यसैगरी नगरपालिकामा थप भएका वडालाई प्राथमिकता दिइएको, सडक नाला निर्माण १३ वटा योजनाका लागि रु एक करोड ३७ लाख, खानेपानीतर्फ पाँच योजनाका लागि रु ५० लाख र छवटा भवन निर्माणका लागि रु ६३ लाख विनियोजन गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij