शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

टमाटर गौरव ५५५ ले दियो निकासीको मौका

  • प्रकाशित मिति : सोमवार, पुस ४, २०७३



  • गोविन्द खड्का , दाङ ।  लगातार बन्दको प्रभाव तरकारीमा देखिएको छ । सब्जी मण्डिमा टमाटरको खात लागेको छ । किसानका वारीमा कति थन्कीएको छ भन्ने अनुमान गर्न नसकिएको कृषि उपज वजार सञ्चालक समितिका अध्यक्ष गुलाम रसुले जानकारी दिनुभयो । उहाका अनुसार केहि अन्याएको छ त केहि गाडिमा लोड गरेको छ । कपिययका बाटोमै अलपत्र छ । घाटाको हिसाव निकाली साध्यै छैन ।20161113_064507

    साझ अबेर सम्म गत्थामा टमाटर प्याक गरीरहेको दृश्य सब्जी मण्डि घोराहीमा दिनहु जसो देखिन्छ । सधै अन्त बाट गाडिमा ल्याएको खन्याउदा हेर्ने आँखाले पठाउन चाँचीरहेको देख्दा रोमाञ्च महशुस गर्छन् । त्यसरी आएको खुशि बन्द घोषणाले पिडामा बदलीदिन्छ । मान्छेहरु भन्छन गरीखान नदिने भए ।

    यसरी गाडिका गाडि प्याक भएको टमाटर कँहा जान्छ त ? कृषि उपज बजार सञ्चालक समितिका पुर्व अध्यक्ष विष्णु रिजालका अनुसार यति बेला दाङको टमाटर पोखरा, धनगढि, नारायणघाट, बिराटनगर, सुर्खेत, हेटौडा, महेन्द्र नगर, वुटवल काठमाण्डौ लगाएतका स्थानमा जानेगरेको छ । कहिल्यै जिल्ला बन्द त कहिल्यै प्रदेश बन्दले सधै अड्काउने गरेको छ ।100_5174

    खानेपानीको प्रयाप्त सुविधा नभएको घोराही ६ को हात्ति खर्कमा पनि टमाटरको व्यवसायीक खेति थालिएको छ् । उनिहरुले गिठेपानी क्षेत्रमा २५ देखि ३० रुपैया किलो टमाटर बेचिरहेका छन् । उता अखबरे, सुपैला लगाएतका क्षेत्रमा गाग्रीमा पानी ओसारेर पनि टमाटर खेति गरेका छन् । रामपुर र मसिना भने यस क्षेत्रका प्रख्यात तरकारी खेति गरीने स्थानमा पर्दछन् ।

    अघिल्लो बर्ष घोराही ६ स्मालीटोल मसिनाका ऋषिराम पौडेल गौरब फलाउने पहिलो किसान थिए । गौरव ५५५ जातको टमाटर दाङमा सफल भएपछि ग्राहकको रुचिको बन्यो । बारीभरीका टमाटर एकै पटक गलक्क पाक्ने र फत्रेयोल गल्ने समस्याले चिन्तीत किसान खुशि भए ।

    पाकेको दश पन्ध्र दिन सम्म पनि भण्डार गर्न सकिने भयो । उता व्यापारी पनि खुशि भए बचेको विक्री गर्न सकियो । आज नसकिए भोलि बुंगुरलाई दाना दिनुपर्छ भन्ने चिन्ता व्यापारीमा रहेन ।

    ट्रायलको रुपमा गौरव ५५५ लगाउने मौका पौडेललाई सिद्धार्थ एग्री सेन्टर घोराहीले दिएको थियो । त्यसले ऋषिरामलाई मात्रै उभो लाएन । सिंगो दाङको उत्पादनमा पुर्ण परिवर्तन ल्यायो । व्यापार व्यवसाय, जागिर तिर आखा लाउने, जमिन जति खण्डिकरण गरेर घडेरीमा टुक्राउने क्रम समेत रोक्यो । तरकारी खेति गर्नेहरु बढे । अहिले जिल्लामा खपत भएर बचेको थुप्रै टमाटर बाहिर जान थालेको छ ।20161025_073143

    हुन त सिरीस, एस, हिमसेना लगाएतका टमाटरका जात पनि किसानहरु द्धारा खोजी गरिन्छ सिद्धार्थका सञ्चालक एकनारायण पौडेलका अनुसार गौरव बराबर आउन कोहिले सकेका छैनन् । किसान, उपभोक्ता, व्यापारी तिनैथरी खुशि हुने टमाटरको जात गौरब बनेको छ ।

    ‘एउटै बोट बाट दश बाह्र किलो फल्छ’ सिद्धार्थका सञ्चालक पौडेलले भन्नुभयो, ‘अरु जातको भन्दा बढि मुल्य लगाउदा पनि ग्राहक त्यहि रोज्छ ।’ उँहाका अनुसार देखाईमा पनि आकर्षक छ । घरमा लगेको चाडै कुहिदैन । सानो परिवारले धेरै लगेपनि गल्ती गरेको महशुस हुँदैन ।

    अहिलेको मौसमले पनि टमाटरलाई साथ दिएको छ । चिसो नबढेकाले पालामा प्रयोग हुने फंगीसाईड कम खपत भएको एग्रोभेट सञ्चालकले बताएका छन् । सञ्चालक पौडेलका अनुसार अघिल्ला बर्षहरु भन्दा पचास प्रतिशतले विषादी विक्री घटेको छ । त्यसले पनि किसानलाई उत्साहित बनाएको छ ।

    उत्पादन पनि दिने, बजारीकरण पनि सजिलो बनाउने भएकोले गौरब किसानको प्रिय छ । बर्षातको पानीले धेरै धान्ने यो सिजनको खेतिमा टमाटर उपयुक्त मानिएको छ । सबैतिर लगाएका छन् । सबै भन्दा धेरै पैठारी हुने तरकारी टमाटर भएको छ । 20161209_194828

    ‘अघिल्लो बर्ष भन्दा धेरै गुणा बढ्यो’ सञ्चालक पौडेलले भन्नुभयो, ‘रझेना काट्यो नै टमाटरै टमाटर छ । रामपुर बजारको आस पासका केहि गाँउ पुरै टमाटर छ ।’ यसरी फलाएर पैठारिको मौका गौरव ५५५ ले दिएको हो । घर घरै लटरम्म झोत्तिएका टमाटर भेटाउन सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij