आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्वास्थ्य मन्त्री थापा

  • प्रकाशित मिति : मङ्लबार, पुस ५, २०७३



  • जनकपुर । स्वास्थ्यमन्त्री गगन थापाले नेकपा एमालेले प्रत्येक कुरालाई राष्ट्रबाद र राष्ट्रघातसंग जोडेर देशको माहोल विगारेको अरोप लगाएका छन् ।

    विभिन्न मुद्दामा भएको आन्दोलनलाई एमालेले कहिले राष्ट्रवादी र राष्ट्रघाती नारा दिएर जनत जनता बीचको सद्भावलाई भड्काउन खोजेको आरोप लगाएका छन् ।

    सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै थापाले संविधान संशोधन प्रस्तावको विरोधमा संसद अवरोध गरेर एमालेले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको संज्ञा दिएका थिए । राष्ट्रघात र राष्ट्रबादको कुरालाई उठाएर सिंगै देशको ठेक्का लिए जस्तो गरेको थापाको भनाई थियो । थापाले भने । “

    यदि एमालेले अहिलेको संविधान संशोधन प्रस्थातवलाई राष्ट्रघाती भन्छन् भने विगत र संविधान घोषणाको बेला एमालेले गरेको बचा अनुसार एमाले सबभन्दा ठुलो राष्ट्रघाती पार्टी छन् र एमालेले त्यो कुरा स्वीकार्नु पनि पर्छ । ”

    मन्त्री थापाले सरकारले एमालेसंग लगातार छलफलको माध्यमबाट संविधान संशोधन प्रक्रियालाई टुंगोमा पुर्याउने विश्वास व्यक्त गरेक थिए ।

    उहाँले संविधान संशोधन प्रस्ताव पारित नभएको खण्डमा कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन नहुनेसमेत ठोकुवा गरेका थिए ।

    अर्को प्रसंगमा मन्त्री थापाले जनकपुर अंचल अस्पताल लगायत देश भरिकै अंचल अस्पतालको अवस्था चाँडै सुदृढ गर्ने बताए ।

    देश भरिको १८ वटा अंचल अस्पतालको अनुगमन केहि दिन अघि नै अनुगमन टोली अनुगमन गरेर रिपोर्ट बुझाएकोले रिपोर्ट अनुसार देखिएको समस्या सुधार गर्न आफु लागि परेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij