शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ट्याक्सीमा कम्प्युटर बिलिङ

  • प्रकाशित मिति : मङ्लबार, पुस ५, २०७३



  • काठमाडौँ।  सरकारले १७ पुसदेखि ट्याक्सीमा यात्राको दूरी र तोकिएको भाडादरअनुसार लाग्ने रकमको कम्प्युटरकृत बिल यात्रुले पाउने व्यवस्था गर्दै छ । यो कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयनमा आएपछि ट्याक्सीचालकले मौखिक रूपमा ‘यति रकम देऊ’ भन्ने पाउने छैनन् । उनीहरूले तोकिएको भाडादरअनुसारको बिल दिनेछन् । र, बिलअनुसारको रकम यात्रुले तिर्नुपर्ने छ ।

    साथै, तोकिएको भाडाभन्दा बढी रकम ट्याक्सी चालकले लिएको पाइएमा यात्रुले उजुरी गर्न सक्नेछन् । किनकि, बिलमा तिर्नुपर्ने रकमबाहेक ट्याक्सी नम्बर, पार गरेको दूरी र ट्याक्सी चालकको नामसमेत हुनेछ ।

    पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका मिटरजडित ट्याक्सीमा अनिवार्य रूपमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) कार्यान्वयन गर्न लागेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । ‘यसपछि क्रमशः विराटनगर, जनकपुर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत, घोराहीलगायत विभिन्न ठाउँमा सुरु गरिनेछ,’ उनले भने ।

    प्रधानमन्त्रीका घोषणाअनुसार बिलिङ प्रणाली

    प्रधानमन्त्री भएपछि पुष्पकमल दाहाल प्रचण्डले ६ महिनाभित्र उपत्यकाका ट्याक्सी सवारी प्रयोगकर्ताले कम्प्युटर बिल प्राप्त गर्न सक्ने व्यवस्था गरिने घोषणा गरेका थिए । २३ भदौमा व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीले गरेको संबोधनमा उक्त घोषणा गरिएको थियो । त्यसैअनुसार बिलिङ प्रणाली कार्यान्वयन गर्न लागिएको महानिर्देशक पुडासैनीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij