आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विद्यालय भवन निर्माण हुँदै

  • प्रकाशित मिति : मङ्लबार, पुस ५, २०७३



  • मेलम्ची।  भूकम्पले ध्वस्त भएको सिन्धुपाल्चोकका विद्यालय भवनको निर्माण कार्य धमाधम भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा अहिले जिल्लाका विकट मानिने छ गाविसमा १६ विद्यालय निर्माणाधीन छन् भने दुई वर्षभित्र ३१ विद्यालय निर्माण हुने जनाइएको छ ।

    जिल्लाको विकट तथा केही नजिकका गाविसमा कारितास स्विटजरल्यान्डको सहयोग र टुकी सङ्घ सुनकोसी तथा महिला आत्मनिर्भरताको समन्वयमा पाँचवटा विद्यालय पुनःनिर्माण भइसकेको छ भने बाँकी निर्माण प्रक्रियामा छन् ।

    विसं २०१८ सम्ममा जम्मा ३१ विद्यालय बनाउने उद्देश्य रहेको कारितास स्विटजरल्यान्डका राष्ट्रिय निर्देशक बन्र्ड सेफरले जानकारी दिनुभयो । विद्यालय निर्माणको कार्यमा सक्रिय रहेको बताउँदै सेफरले विभिन्न सङ्घसंस्थाको समन्वयमा जिल्लाको हेलम्बु, दुवाचौर, इचोकलगायत सात गाविसमा पाँचवटा सामुदायिक विद्यालय निर्माण गरिसकेको जानकारी दिए ।

    निर्माण कार्य सम्पन्न भएका पाँच विद्यालय र निर्माणको चरणमा रहेको १० विद्यालय गरी जम्मा ३१ विद्यालय निर्माण गर्ने लक्ष्य रहेको सेफरले बताउनुभयो । रु डेढदेखि पाँच करोडको लगानीमा कारितास स्विटजरल्यान्ड, महिला आत्मनिर्भरता केन्द्र र टुकी सङ्घ सुनकोसीको समन्वयमा भूकम्प प्रतिरोधी तथा बालमैत्री र अपाङ्गमैत्री भवन समेत निर्माण गरिएको कारितासले जनाएको छ ।

    भूकम्पपछि लगत्तै कारितास स्विटजरल्यान्ड, टुकी सङ्घ सुनकोसीलगायतका सङ्घसंस्थाले जिल्लाको विभिन्न क्षेत्रमा पक्की भवन बनाएर सहयोग गर्दै आइरहेको जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले बताए ।

    भवन सँगसँगै हेल्भेटास नेपाललेको सहयोगमा विद्यालयमा खानेपानीको सुविधा समेत दिएको छ । विद्यालय नजिका सबै स्थानीयलाई समेत खानेपानीको सुविधा उपलब्ध गराएको हेल्भेटासले ट्याङ्की निर्माण गरेर खानेपानीको सुविधा थपिदिएको हो ।

    विद्यालयका बालबालिका उपस्थिति दर बढाउन, विद्यार्थी प्रोत्साहान गर्न, अभिभावक शिक्षा, छात्रवृत्ति, शिक्षक तालिम, बालमैत्री विद्यालय तालिमलगायतका विभिन्न कार्याक्रम संचालन गरिरहेको टुकी सङ्घ सुनकोसीका कार्याक्रम संयोजक निराजन चौलागाईंले बताए ।

    सिन्धुपाल्चोक जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार भूकम्पपछि आधारभूत विद्यालय ४११ माध्यमिक विद्यालय १३१ गरी जम्मा ५४२ विद्यालय रहेका छन् ।

    विभिन्न सङ्घसंस्थाको सहयोगमा जिल्लामा जम्मा एक हजार ८२७ कक्षाकोठा बन्न लागेका छन् । जसमध्ये ४१० वटा कक्षा कोठा निर्माणाधीन रहेको र बाँकी ७७० कक्षाकोठा बन्ने तयारी रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।

    शिक्षा कार्यालयका अनुसार अहिले आठ हजार २३२ कक्षाकोठा निर्माणको लागि आवश्यक देखिएको छ । आधारभूत कक्षा सञ्चालनको लागि चार हजार १२, र माध्यमिक तहको लागि चार हजार २२० कक्षाकोठा निर्माण हुनुपर्ने शिक्षा कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij