आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्र्याक्टर दुर्घटनामा मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, पुस ५, २०७३



  • जुम्ला । डोल्पाबाट जुम्ला आउँदै गरेको भे १ त ६८४२ नंको ट््याक्टर आज बिहान दुर्घटना हुँदा ३३ वर्षीय लङ्कबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको छ ।

    दुर्घटना जुम्ला गोठीचौर गाविसस्थित कालो साँघु भन्ने स्थानमा भएको हो । मृतक डोल्पा रिमी गाविस– ५ झ्याकोट गाउँ निवासी रहेको स्थानीय व्यापारी प्रेमबहादुर बोहोराले जानकारी दिए ।

    बोहोराका अनुसार रोकायाका छवर्षीय छोरा निर्दोष बेपत्ता छन् । रोकाया १४ क्विन्टल जटामसीको ट्र्याक्टरमा बोकेर डोल्पा चाँैरीकोटबाट जुम्लाका लागि बिहानै ३ः०० बजे हिँडेको उनकै मीतभाइ नरबहादुर रोकायाले डोल्पाबाट जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाले दुर्घटनाग्रस्त ट्र्याक्टर सडकभन्दा एक सय मि तल खस्दा बाबु लङ्कको शव भेटिए पनि छोरा निर्दोष जवा नदीमा बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको बताएको छ ।

    दुर्घटनामा रिमी– ८ डोल्पाकै १७ वर्षीय मीरा बुढा गम्भीर घाइते भएको र उनलाई उपाचारार्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
    प्रहरीका अनुसार बेपत्ता बालकको खोजी भइरहेको छ । ट्र्याक्टर चालक फरार रहेकाले घटना कसरी भएको हो भन्न थाहा हुन नसकेको जनाइएको छ ।

    बिदाका समयमा जडीबुटी लिएर तल झर्न खोजेका रोकाया महादेव निमावि थापागाउँ डोल्पामा निमावि कार्यरत शिक्षक थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij