आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘ढुक्क हुनोस् संविधान संशोधन हुन्छ, र निर्वाचन पनि हुन्छ’- मन्त्री पाण्डे

  • प्रकाशित मिति : मङ्लबार, पुस ५, २०७३



  • काठमाडौं ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेगरि तयारी थालेको खुलासा गरेका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले सरकारले स्थानीय तहकै निर्वाचन पहिले गर्ने तयारी गरिरहेको स्पष्ट पारे । उनले भने,‘सरकारले पहिले स्थानीय तहकै निर्वाचन गर्छ, स्थानीय तह पूर्नसंरचना आयोगले रिपोर्ट दिने बित्तिकै हामी निर्वाचनको तयारीमा जुट्छौं ।’
    क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले संविधान कार्यान्वयनको लागि पनि आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन सम्पन्न गर्ने सरकारको तयारी रहेको बताए । उनले सरकारले सकेसम्म चैत्रभित्रै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्य लिएको समेत स्पष्ट पारे । उनले आयोगले दिएको रिपोर्ट सरकारले बुझ्ने समेत स्पष्ट पारे ।
    उनले प्रतिपक्षी दलको संसद अवरुद्धका कारण निर्वाचनसम्बन्धी विद्येयक तथा ऐनहरु पनि संसदमा टेबुल हुन नपाएको गुनासो पोख्दै भने,‘अहिले संसद अवरुद्ध छ, संसद अवरुद्ध खुलाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल गरिरहनुभएको छ, सभामुखले पनि पहल गरिरहुनभएको छ ।’
    उनले संसदको जारी गत्यावरोधपनि आगामी ७ गतेविहानभित्रै हल हुने समेत विश्वास व्यक्त गरे । मन्त्री पाण्डेले भने,‘सभामुखको कार्यकक्षमा भएको तीन दलको बैठकलाई विचार गर्दापनि ७ गते विहानसम्म सहमति हुन्छ भन्ने विश्वास छ ।’
    उनले मधेशी मोर्चा लगायत थारुहरुपनि चुनावमा सहभागी हुनेमा सरकार विश्वस्त रहेको बताए । मधेशी, जनजाति, आदिवासीहरुको समस्या समाधान गर्नको लागि सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको र संसदको कार्यसूचिमा परिसकेकोले यो प्रस्ताव कुनै हालतमा फिर्ता नहुने उनले जिकिर गरे ।
    उनले संशोधन प्रस्ताव परिमार्जनको लागि बहस गर्न सकिने तर फिर्ता नहुने भनेर स्वयम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बोलिसकेकोले प्रस्ताव फिर्ता नहुने स्पष्ट पारे । उनले सरकारले भुकम्पपीडितहरुको राहतको लागि र पूर्ननिर्माणको लागि सरकारले काम गरिरहेको बताए । यद्धपी सरकारले चाहेकोजसरी काम हुन नसकेको उनले स्विकार गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij