शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

हात्ती पीडितलाई रु पाँच लाख क्षतिपूर्ति

  • प्रकाशित मिति : बुधबार, पुस ६, २०७३



  • भीमदत्तनगर । जङ्गली हात्तीको आक्रमणबाट गत असोज २८ गते ज्यान गुमाएकी कञ्चनपुरको बेलौरी नगरपालिका–१५ रामघाटकी ३५ वर्षीया सुन्दरी चौधरीका परिवारलाई मङ्गलबार क्षतिपूर्ति स्वरुप रु पाँच लाख प्रदान गरिएको छ ।

    जिल्ला वन कार्यालय, कञ्चनपुरले मृतक सुन्दरीका श्रीमान् आशाराम चौधरीलाई क्षतिपूर्ति रकम हस्तान्तरण गरेको जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले जानकारी दिए ।

    श्रीमान् आशाराम चौधरीसित साइकल चढेर शङ्करपुरको चानदेउ आउने क्रममा स्थानीय गोरखनाथ सामुदायिक वनमा हात्तीको बथानले आक्रमण गर्दा सुन्दरीको घटनास्थलमै मृत्यु भएको थियो भने उनका श्रीमान् आशाराम भागेर ज्यान जोगाउन सफल भएका थिए ।

    वन अधिकृत शर्माले घटना भएको केही समयभित्र क्षतिपूर्तिका लागि प्रक्रिया थालिएको र सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयबाट रकम आएपछि हस्तान्तरण गरिएको बताए । उनले वन्यजन्तु राहत निर्देशिका अनुसार पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गरिएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij