शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

तातोपानी नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक

  • प्रकाशित मिति : बिहिबार, पुस ७, २०७३



  • चौतारा । गत वर्षको भूकम्पदेखि बन्द तातोपानी नाका चाँडै खुलाउन चीन सरकारले प्राथमिकतामा दिएकाले सोबारेमा केन्द्रस्तरमा पहल गरिने चिनियाँँ पक्षले जनाएको छ ।

    नेपाल र चीनबीच आज चौतारामा सम्पन्न सीमा सुरक्षा बैठकका क्रममा चिनियाँ पक्षले भूकम्पबाट तिब्बती क्षेत्रमा पनि सडकलगायत भौतिक सम्पत्तिको ठूलो क्षति भएकाले क्षतिग्रस्त सडक पुनःसञ्चालन भएपछि चाँडै नाका खोलिने जनाएको छ ।

    त्यसैगरी चीनको न्यालम काउन्टी र सिन्धुपाल्चोकबीच भगिनी सम्बन्ध विकास गरिने चिनियाँँ पक्षको भनाइ रहेको प्रजिअ अन्तरबहादुर सिल्वालले राससलाई बताए । बैठकमा सीमा क्षेत्रमा हुने तस्करी तथा आपराधिक क्रियाकलाप रोकथाममा पहल गरिने र सिमा क्षेत्रमा आगलागी भएमा दुवै देशबाट रोक्न पहल गरिने समझदारी भएको छ ।

    सिन्धपाल्चोकका प्रजिअ सिल्वालको नेतृत्वमा भएको सो बैठकमा स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही, दोलखा जिल्लाका प्रजिअ यज्ञराज बोहरा तथा सुरक्षा निकायका प्रमुखलगायत जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

    चिनियाँँ पक्षबाट न्यालम काउन्टीका पेङ लु वीको नेतृत्वमा विदेश विभाग, भन्सार, वाणिज्य तथा व्यापार, अध्यागमन कार्यालय, प्रहरीलगायतको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij