शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

नारायणगढ–मुग्लिन सडक आजदेखि चारघन्टा रोकिने

  • प्रकाशित मिति : बिहिबार, पुस ७, २०७३



  • चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चारघन्टा रोकिने भएको छ । विस्तारका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म दैनिक चारघन्टा सडक आवागमन रोकिने भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ ।

    सो सडकखण्डको सबैभन्दा संवेदनशील र कठिन ठाउँमा सडक विस्तार गर्न लागिएकाले रोकिएको समय अघिपछि पनि ट्राफिक जामका कारण यात्रुले दुःख पाउने र सडक विस्तारमा अवरोध हुने हुँदा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको हो । सो सडकको मुग्लिनदेखि कालीखोलासम्मको दुई किलोमिटर भागमा सडक चौडा गरिँदैछ ।

    आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो क्षेत्रमा ५.५ मिटर मात्रै सडक चौडा छ । जहाँ विस्तार गरेर सडक १० मिटर फराकिलो बनाइँदैछ । त्यसका लागि भित्ता काट्नुको विकल्प नरहेको भन्दै उनले एकसय ५० फिट अग्लो पहाडलाई काटेर सडक चौडा गरिने  बताए । यहाँ कडा चट्टान रहेका छन् । खनालका अनुसार एउटा ब्रेकरले दैनिक ५० देखि ६० घनमिटर मात्रै चट्टान काट्न सक्छ ।

    यसैगरी, सडकको १६ किलोमा पाँचसय मिटर र घुमाउनेमा दुईसय मिटर लामो डाँडो नै काट्नुपर्ने हुन्छ । यसका लागि आयोजनाले स्थानीय प्रशासनसँग दैनिक आठ घन्टा सडक रोक्न माग गरेको भएपनि ट्राफिक व्यवस्थापन गर्न कठिन हुने भन्दै आजदेखि बिहान ११ देखि दिउँसो तीन बजेसम्म मात्रै चार घन्टा आवागमन रोक्न अनुमति दिएको छ । सडक विभागको योजना तथा डिजाइन महाशाखाले गरेको सर्वेक्षणअनुसार सो सडक हुँदै दैनिक ६ हजार एकसय ७७ हाराहारीमा सवारी आवागमन हुने गर्दछ ।

    दिउँसो चार घन्टाको समयमा सो सडक हुँदै जाने एकहजार चारसय २६ सवारीसाधन अर्थात् २३.०९ प्रतिशत सवारीसाधन प्रभावित हुने देखिन्छ । यसका अतिरिक्त अन्य समयमा हुने सवारीको चाप त्यत्तिकै रहन्छ जसका लागि वैकल्पिक मार्गको विकल्प नभएको आयोजनाले जनाएको छ ।

    आयोजनाले सार्वजनिक गरेको सवारी रुटअनुसार राजधानी काठमाडौँबाट पूर्वतर्फ जाने तीनवटा वैकल्पिक मार्ग प्रयोग गर्दा छोटो दूरीमा गन्तव्य पुग्न सकिने देखिन्छ । पश्चिमतर्फ भने एउटा मात्रै वैकल्पिक मार्ग भएकाले केही लामो दूरी यात्रा गर्नुपर्ने हुन्छ ।

    इन्जिनियर खनालका अनुसार पूर्व जान बिपी राजमार्ग, त्रिभुवन राजपथ र हेटौँडा–भीमफेदी–बल्खु मार्ग प्रयोग गर्न सकिन्छ भने पश्चिमका लागि पृथ्वीराजमार्ग हुँदै सिद्धार्थ राजमार्ग प्रयोग गरेर गन्तव्यसम्म जान सकिन्छ । ती मार्गबाट १२ मिटरभन्दा लामा र बढी भार भएका ट्रकको हकमा भने नारायणगढ–मुग्लिन सडकको विकल्प नभएको खनालले  बताए ।

    वैकल्पिक रुपमा बिपी राजमार्ग प्रयोग गरेर बनेपा हुँदै बर्दिबाससम्म पुग्दा एकसय ७७ किलोमिटर, त्रिभुवन राजपथ प्रयोग गरेर नौबिसेबाट हेटौँडा पुग्दा एकसय आठ किलोमिटर, बल्खुबाट भीमफेदी हुँदै हेटौँडासम्म जाँदा एकसय ४६ किलोमिटर दूरी छोटो हुने आयोजनाले जनाएको छ ।

    पश्चिम नेपालतर्फ भने मुग्लिनबाट पोखरा हुँदै बुटवल जाँदा ७१ किलोमिटर दूरी लामो हुने देखिएको छ । सवारी आवागमन बन्द भएपछि हुने सवारी जामलाई व्यवस्थित गर्न सडकखण्डमा चौबिसै घन्टा मोटरसाइकलमा प्रहरी परिचालन गरिँदैछ भने बिग्रेका सवारी हटाउनका लागि क्रेन र डोजर तयारी अवस्थामा राखिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले यात्रुवाहक सवारी र मालवाहक सवारीलाई फरक फरक लाइन लगाएर यात्रुवाहकलाई प्राथमिकता दिएर सडक पार गराउने व्यवस्था गरिएको  बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij