प्रकाशित मिति : बिहिबार, पुस ७, २०७३
भोजपुरमा भूकम्पबाट क्षति भएका घरको प्राविधिक अध्ययनका लागि यही पुस १५ गतेदेखि काम सञ्चालन हुने भएको छ ।
भूकम्पीय आवास पुनःनिर्माण आयोजनाका उप–निर्देशक नारायणप्रसाद श्रेष्ठ सहितको टोलीले बुधबार भोजपुर सदरमुकाममा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा यस्तो बताएको हो ।
भोजपुरमा दुईहजार तीनसय ५५ घर क्षति भएको अघिल्लो तथ्याङ्क भएपनि पछिल्लो समयमा १० हजार चारसय २६ घर क्षति भएको तथ्याङ्क प्राप्त भएको उपनिर्देशक श्रेष्ठले बताए।
यसैबीच, सरकारले दिन लागेको अनुदानले मात्रै प्राधिकरणको मापदण्डभित्र रहेर घर निर्माण गर्न नसक्ने भोजपुका भूकम्पपीडितको भनाइ रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij