आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खानेपानीका लागि पाँच महिना सकस

  • प्रकाशित मिति : बिहिबार, पुस ७, २०७३



  • गुल्मीको पौदीअमराई–३ बाङ्गेका उपभोक्ता वर्षको पाँच महिना खानेपानी लिनका लागि घर नजिकै रहेका कुवा, कुलेसामा गई घन्टौ‌ं लगाएर खानेपानी लिन धाउनुपर्ने बाध्यता रहेको छ ।

    करिब २२ वर्षअगाडि गुल्मी अर्घाखाँची ग्रामीण विकास परियोजना (गाडेप)मार्फत गाविस–३ बाङ्गेमा खानेपानी आयोजना सञ्चालन गरेको थियो । तत्कालीन समयमा सञ्चालित खानेपानीे आजभोलि समय–समयमा उचित मर्मतसम्भार हुन नसक्दा अधिकांश पाइप धेरै पुरानो र जीर्ण हुँदै गएपछि बीच–बीचका जडान टुटफुट भइरहने हुँदा खानेपानी नियमित सञ्चालन हुन नसकेको खानेपानी मर्मतका कर्मचारी कृष्णबहादुर हमालले जानकारी दिए ।

    विगत केही वर्षयता वर्षभरिमा झन्डै साउनदेखि माघ महिनासम्म जेनतेन खानेपानी आउने र अन्य महिना भने खानेपानी ठप्प हुने हुँदा स्थानीयवासी नजिकैका भत्किसकेका कुवा कुलेसामा घन्टौं धाएर एक ग्रागी पानी भर्न लामो समय लगाएर खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको समाजसेवी श्यामन्त नेपालीले जानकारी दिए ।

    खानेपानीबाट वडा नं ३ का तीनसय २० घरधुरीका उपभोक्ता बढी समस्यामा रहेका छन् । धारामा खानेपानी नआउँदा बढी मात्रामा स्कुल पढ्ने साना–साना बालबालिका समस्यामा परेका छन् ।

    पानी धारामा नआउँदा घरमै बसेर टाढाटाढा पानी ल्याउन जानु पर्ने र समयमा स्कुल जान नसक्नु, स्कुल गएपनि बिहान–बेलुकी घरमा पानी बोक्नुपर्ने बाध्यताले बालबालिकाको पढाइसमेत थप प्रभावित हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij