शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

केपी ओलीले जनताको आवाज र चाहना लाइ बुझ्दै ल्याए जनताले चाँहेको संघीयताको खाका, जताततै प्रशंसा

  • प्रकाशित मिति : बिहिबार, पुस ७, २०७३



  • काठमाडौं । अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर–दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका छन्।

    आफूलाई भेट्न आएका पूर्वसांसद क्लबका प्रतिनिधिसँग बालकोट निवासमा बुधबार छलफल गर्दै ओलीले संघीयतामा मुलुक जाँदा पाँच विकास क्षेत्र नै उत्तम विकल्प हुने जिकिर गरेका हुन्।ओलीले संविधान संशोधन विधेयक संसद्मा अल्पमतमा परिसकेको दाबी पनि पूर्वसांसदहरुसँग गरे ।

    कसरी आयो पाँच प्रदेशको कुरा ?

    बुधबार एमाले अध्यक्ष ओलीलाई भेट्न कांग्रेस, एमाले र माओवादीसम्बद्ध पूर्वसांसदहरुको जम्बो टोली बालकोट पुग्यो । आफ्नै निवासमा भेट्न आएको टोलीलाई ओलीले भव्य स्वागत गरे । भेटमा देशको समसामयिक परिस्थितीबारे छलफल भयो ।

    छलफलका क्रममा अहिले सरकारले ल्याएको संविधान संशोधन, पाँच नम्बर प्रदेश टुक्राउने निर्णय, त्यसपछि उत्पन्न आन्दोलन, सरकारको कार्यशैली, राष्ट्रियता लगायत विषयमा गम्भीर कुराकानी भयो ।

     

    त्यसक्रममा ओलीले संघीयतामा पाँच विकास क्षेत्र नै उत्तम विकल्प हुने कुरा गरे । पूर्व सांसदहरुले पनि पहिलो संविधानसभामा आफूहरूले मुलुकले धान्न सक्ने चार प्रदेश कोसी, गण्डकी, कर्णाली र राजधानीमात्र भन्दै देशव्यापी जनमतको एकीकृत रिपोर्ट तयार पारेको स्मरण गराउँदै पाँच प्रदेश पनि उपयुक्त हुने सुझाव दिए ।

    पूर्वसांसद अकलबहादुर बिष्टका अनुसार पाँच प्रदेशको सुझाव पूर्व सांसदहरुले दिएपछि ओलीले अब यसलाई अगाडि बढाउने आश्वासन दिएका थिए । यो खबर बाहिरिएपछि धेरैले ओलीले बल्ल जनताको भावना बुझेको भन्दै प्रशंसा गरेका छन् ।

    पत्रकार शिवराज योगी भन्छन्– ‘पाँच प्रदेश बनाउ भन्ने मेरै लाइनमा आएछन् ओली, आखिर जनताको भावाना शक्तिशाली हुँदो रैछ ।’ यता केहीले भने पाँच प्रदेश बनाउने ओलीलाई प्रस्तावलाई परिवर्तनविरोधी भनेका छन् । नारायणप्रसाद सिन्धुलिया भन्छन्– ‘ओलीको प्रस्ताव– ५ विकास क्षेत्रलाई ५ प्रदेश बनाऔं ।

    अनि त्यसपछि के राजतन्त्र फर्काऔं, अनि सामन्तका टाउका छप्क्याउन झापातिर लागौं ?’ ओलीको प्रस्तावको नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आलोचना गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij