शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

दाङमा बस दुर्घटना, तीनको मृत्यु, दुई दर्जन बढी घाईते

  • प्रकाशित मिति : बिहिबार, पुस ७, २०७३



  • बर्षात ओली , दाङ ।  दाङमा भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने थप २४ जना घाईते भएका छन्।

    मृत्यु हुनेमा दाङको सतवरीया गाविस निवासी तथा विद्युत प्राधिकरण कार्यालय लमहीका कर्मचारी कृष्णबहादुर शाह, रुकुम जिल्ला स्थाई घरभई हाल दाङको सौंडियार गाविस वडा नं. ६ निवासी ६० बर्षीय चित्रबहादुर श्रेष्ठ र प्यूठान जिल्लाको स्वर्गद्वारी गाविस वडा नं. ६ निवासी २५ वर्षीया बेहोरी बिक रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    लक्ष्मीपुर १ मुसोट पुल नजिकै लु २ ख ७७६ नम्बरको घोराहीदेखि बुटवल जाँदै गरेको बस मध्यान्ह १२ बजेतिर दुर्घटनामा परेको थियो । गम्भीर घाईते भएका १४ जना र थप घाईतेलाई उपचारको लागि कोहलपुर पठाइएको छ । अन्यको घोराही तथा लमहीमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij