शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

झन्डै दुई वर्षपछि पर्वतका भूकम्पपीडितको लगत सङ्कलन सुरु

  • प्रकाशित मिति : बिहिबार, पुस ७, २०७३



  • पर्वत । भूकम्प गएको झन्डै दुई वर्षपछि पर्वतका भूकम्पपीडितको लगत सङ्कलन सुरु गरिएको छ ।

    सरकारले भूकम्पबाट कम प्रभावित १७ जिल्लाको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रम सुरु गरेपछि पर्वतमा पनि लगत सङ्कलन गर्न थालिएको हो । भूकम्पको लगत्तै प्रहरी, प्रशासन र स्थानीय निकायलगायतले गरेको सर्वेक्षणको तथ्याङ्क फरक भएपछि भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्यक्रमअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय तथ्याङ्क विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र भूकम्पीय आवास पुनःनिर्माण आयोजनाले तथ्याङ्क सङ्कलन थालेको छ ।

    प्राधिकरणले ‘ख’ वर्गमा समावेश गरेको पर्वतमा भूकम्प प्रभावित आवास पुनःनिर्माण सङ्कलन कार्यक्रमअन्तर्गत जिल्लामा लगत सङ्कलन कार्यालय खोलेर काम सुरु गरेको छ ।

    सही तथ्याङ्क नहुँदा वास्तविक पीडितको पहिचान हुन समस्या भएको र विभिन्न दातृ निकायबाट समेत जथाभावी तथ्याङ्क आएको गुनासो आएकाले कम प्रभावित जिल्लाको पनि लगत सङ्कलन गर्न थालिएको प्राधिकरणका विज्ञ सदस्य चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । उनले लगत सङ्कलनलगत्तै क्षतिको आधारमा १, २, ३, ४ र ५ नंमा वर्गीकरण गरिने र सोहीअनुसार पीडितलाई राहत वितरण गरिने जानकारी दिए ।

    लगत सङ्कलन कार्यालयका तथ्याङ्क अधिकृत शिव श्रेष्ठका अनुसार पर्वतमा २९ इन्जिनियरलाई गाउँमा परिचालन गरिने भएको छ । यसै महिनाको दोस्रो सातादेखि जिल्लाका अति प्रभावित गाविसमा इन्जिनियर र सामाजिक परिचालकलाई खटाइने भएको छ । झन्डै तीन महिनाको कार्यवधि रहेको कार्यालयले फागुन १५ गतेसम्म लगत सङ्कलनको काम सकेर पुनःनिर्माण प्राधिकरणलाई बुझाउने योजना रहेको अधिकृत श्रेष्ठले जानकारी दिए ।

    यसअघि प्राधिकरणमा जिल्लामा ११ हजार ८०९ घरधुरी भूकम्पले प्रभावित भएको र जसमध्ये एक हजार ४०९ घर पूर्णरुपमा भत्किएको विवरण पठाइएको थियो । गाविस र जिल्ला प्रशासन कार्यालयको पहलमा पठाइएको विवरणलाई गाउँमै पुगेर इन्जिनियरमार्फत जाँच गर्ने र राहतका लागि पुनःनिर्माण प्राधिकरणमा पठाइने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij