आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संसद् सञ्चालन गराउनेतर्फ कांग्रेस–माओवादी गम्भीर भएनन् – अध्यक्ष

  • प्रकाशित मिति : शुक्रबार, पुस ८, २०७३



  • पर्सा । नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले अवरुद्ध संसद् सञ्चालन गरी मुलुकलाई निकास दिन प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेका छन् ।

    उनले एमाले सरकारमा रहेकै बेला तयार पारेको संशोधन प्रस्तावलाई वर्तमान सरकारले संसद्मा दर्ता गर्दा सोको विरोधमा संसद् अवरुद्ध पारी मुलुकलाई असहज परिस्थितितर्फ डो¥याउनु कसैको हितमा नभएकाले अवरुद्ध संसद्लाई सञ्चालन गरी मुलुकलाई राजनीतिक निकास दिन एमालेलाई आग्रह गरे ।

    नेपाल सद्भावना पार्टी, पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता झाले राजनीतिक दलबीचको असमझदारीले लोकतन्त्रलाई कमजोर पार्ने हुँदा मुलुकलाई निकास दिनुको विकल्प नभएको विचार व्यक्त गरे ।

    “लोकतन्त्रको विकल्प हुनै नसक्ने र राजनीतिक असमझदारी वार्ता तथा संवादबाट समाप्त पारी मुलुकलाई निकास दिन दलहरु सक्षम रहेकाले निकट भविष्यमै एमाले पार्टीका नेताहरुले हाल देखिएको गतिरोधलाई समाप्त पार्दै मुलुकलाई निकास दिने”–अध्यक्ष झाले विश्वास व्यक्त गरे ।

    उनले संशोधन प्रस्तावको विषयलाई लिई लामो समयदेखि संसद् अवरुद्ध भए पनि काँग्रेस र माओवादी केन्द्रका नेताहरु अवरुद्ध संसद् सञ्चालन गराउनेतर्फ गम्भीर नदेखिएको टिप्पणी गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij