शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

तीन हजार भूकम्पपीडित थपिए

  • प्रकाशित मिति : शुक्रबार, पुस ८, २०७३



  • चितवन । चितवनमा भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भूकम्पले क्षति पु¥याएका घरको फोटोसहितको विवरण सङ्कलन गरिने भएको छ ।

    उक्त अभियानको प्रक्रिया सुरु भएको तथ्याङ्क कार्यालय चितवनले जनाएको छ । पछि कुनै विवाद आए पनि सल्ट्याउन सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिने जिल्ला तथ्याङ्क कार्यालय चितवनका प्रमुख तथा भूकम्पपीडितको विवरण सङ्कलन कार्यक्रमका संयोजक जीवनाथ आचार्यले जानकारी दिए ।

    फोटोसहितको मतदाता नामावली सङ्कलन भएजस्तै यसपटक भूकम्पले क्षति पु¥याएको घरको अवस्था अध्ययन गरी फोटोसमेत सङ्कलन गरिने आचार्यले जानकारी दिए ।

    यसका लागि जिल्लामा ५२ जना इन्जिनियर र ५२ जना सामाजिक परिचालक परिचालन गर्ने उनले बताए ।

    उनका अनुसार जुन दिन तथ्याङ्क सङ्कलन गरिएको हुन्छ, त्यही दिन नै सिंहदरबारको सूचना केन्द्रलगायत सम्बन्धित क्षेत्रमा पठाइने व्यवस्थासहित विवरण सङ्कलनको तयारी गरिएको जानकारी दिए ।

    चितवन जिल्लामा अहिले १८ हजार ७५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका छन् ।

    हालै सुरु भएको भूकम्पपीडितको पुनः लगत सङ्कलनका क्रममा यसरी पीडितहरुको निवेदन सङ्कलन भएको हो । सामान्य क्षतिसहित विगतमा चितवनमा १५ हजार ७४९ भूकम्पपीडितको तथ्याङ्क आएकामा अहिले बढेर १८ हजार ७५२ पुगेको हो ।

    चितवनका स्थानीय विकास अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँ÷गाउँमा नगरपालिका र गाविसमार्फत लगत सङ्कलन गरिएको बताए ।

    पहिलो चरणमा सरकारबाट रु १५ हजार पाएका र दोस्रो चरणमा न्यानो कपडाका लागि रु १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डको आधारमा मात्रै उनीहरुलाई पुनःनिर्माणका लागि सरकारले रु तीन लाखको राहत प्याकेज दिनेछ ।

    सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट कम प्रभावित जिल्लामा समेत पुनःनिर्माणको काम सुरु गरेपछि जिल्लामा पुनः लगत सङ्कलन गरिएको हो ।

    चितवनलगायत १७ जिल्लामा लगत सङ्कलन थालिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij