आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लोडसेडिङ अन्त्य गर्ने तयारी छ : प्रधानमन्त्री

  • प्रकाशित मिति : शुक्रबार, पुस ८, २०७३



  • गोरखा  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी भइरहेको बताएका छन् । शुक्रबार गोरखाको दरौदी नदीमा निर्मित ६ मेघावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले देशभर लोडसेडिङ अन्त्य गर्ने बताएका हुन् ।

    आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने

    –सरकार जनताले प्रत्यक्ष अनुभव गर्ने गरी काम गरिरहेको छ ।

    –काठमाडौंमा लोडसेडिङ अन्त्य भएको छ, अव देशभर लोडसेडिङ अन्त्य गर्न हामीले गृहकार्य गरिरहेका छौं ।


    –छिट्टै देशब्यापी लोडसेडिङ अन्त्य गर्ने तयारीमा सरकार सफल हुन्छ ।

    –व्यवस्थापनमा सुधार गर्दा, चुहावट रोक्दा, इमान्दार भएर काम गर्दा अद्भूत परिणाम आउँदो रहेछ ।

    –ठीक मान्छेलाई ठिक जिम्मेवारी दिँदा र लक्ष्यप्रति निष्ठावान् हुँदा चार महिनामै उपत्यकामा लोडसेडिङ अन्त्य गर्न सकियो ।

    –नेतृत्वको ईच्छाशक्ति, राम्रो व्यवस्थापन र युद्धस्तरमा काम गरे परिणाम उत्साहजनक आउँछ ।

    –राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणमा म आफैं दौडिएको छु ।

    –मेरो निरीक्षणपछि कामहरु रफ्तारमा अघि बढेका छन् ।

    –सरकारले समयभन्दा अघि नै गुणस्तरीय काम गर्ने कर्मचारी र आयोजनाहरुलाई पुरस्कृत गर्नेछ ।

    –हामी सबैले निष्ठावान् भएर काम गरौं, परिणाम राम्रो आउँछ । राष्ट्र निर्माणमा हामी सबै जिम्मेवार भएर लागौ ।

    कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले सरकारले ‘नेपालको पानी, जनताको लगानी’को अवधारणा अघि सारेको जानकारी दिँदै प्रधानमन्त्रीको निर्देशन बमोजिम सरकारले उज्यालो नेपालको अभियान चलाइरहेको जानकारी दिए ।

    उर्जामन्त्री शर्माले भने

    –हामीले प्रविधि र चुहावटमा भएको बेथिति कम गरेर काठमाडौंमा लोडसेडिङ अन्त्य गरेका छौं ।

    –नयाँ आयोजनाहरुको सञ्चालन, प्राधिकरणका बेथितिको अन्त्यले लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्ने प्रश्ट भयो ।

    –अहिले काठमाडौंमा लोडसेडिङको अन्त्य गरिएको छ, यो प्रधानमन्त्री प्रचण्डको परिकल्पना र निर्देशनको परिणाम हो ।

    उद्घाटनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले भने

    –प्रचण्ड नेतृत्वको सरकार जनप्रिय कामका लागि क्रियाशील छ ।

    –प्रधानमन्त्रीको निर्देशन बमोजिम उर्जा मन्त्रालयले देशैभरी लोडसेडिङ अन्त्यको प्रयास गरिरहेको छ ।

    –कालिका ‘ए’ साना जलविद्युत् आयोजनाले सरकारको योजनामा सहयोग गर्ने अपेक्षा गरेका छौं ।

    भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डे भन्छन–

    –विगतमा काठमाडौंको सडक फराकिलो बनाएर माओवादी नेतृत्वको सरकार लोकप्रिय बन्यो ।

    –अहिले लोडसेडिङ अन्त्य गरेर अर्को लोकप्रियता हासिल गरेको छ ।

    –कालिका हाइड्रो लोडसेडिङ अन्त्यका लागि सहयोगी बन्नेछ ।

    माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने

    –लोडसेडिङ अन्त्य गर्ने अभियानमा कालिका हाइड्रोले महत्वपूर्ण योगदान गरेको छ ।

    दरौदी ‘ए’ बाट कति बिजुली ?
    कालिका पावर कम्पनि लिमिटेडले उत्पादन गरेको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाबाट ६ मेघावाट विद्युत् उत्पादन ।
    –कम्पनिले १ अरब ३० करोड लागतमा आयोजना सम्पन्न गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij