प्रकाशित मिति : शुक्रबार, पुस ८, २०७३
काठमाडौं । नेपाल सुस्त श्रवण संघले सुस्त श्रवणबाट पिडीतको उचित व्यवस्था गर्न सरकारसमक्ष ६ बुँदे माग अघि सारेको छ ।
शुत्रबार रिपोर्टर्स क्लब नेपालमा नेपाल सुस्त श्रवण संघले पत्रकार सम्मेलन गरि पीडीतका लागि सरकारले वेवास्था गरेको भन्दै ६ बुँदे माग अघि सारेको हो ।
के छन सुस्तका मागमा ?
–मस्यौदा विधेयकमा अपाङ्गताको वर्गिकरणमा सुनाई होस् ।
–सुस्त श्रवणको परिभाषालाई अन्तराष्ट्रियस्तर र मापदण्ड बमोजिम बनाउनुपर्ने ।
–सुस्त श्रवण भएका व्यक्तिहरूलाई सिपमुलक तालिम दिइयोस ।
कार्यक्रममा श्रवण नापितले आफु शारिरिक रुपमा सक्षम भएपनि कान नसुन्ने समस्याले गर्दा जिविकोपार्जन गर्न समस्या भएको गुनासो पोखे । उनले भने,‘एक कान कराउँछ, अर्को कान नसुने समस्याले गाँजेको छ, बाँकि जीवन कसरी काट्ने ? यही पिरले सताउँछ ।’
सुजना महर्जन, सौरभ थापा लगायतले सुस्त श्रवण व्यक्तिले भोग्नु परेका दुःख अभाव र जीवन जिउनु पर्दाका दुखदायी अनुभव सुनाएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij