प्रकाशित मिति : शुक्रबार, पुस ८, २०७३
काठमाडौ । बिहिबार निधन भएका वरिष्ठ लोकगायक, गीतकार तथा संगीतकार मधुबाबु थापाप्रति बिभिन्न कलाकर्मीले अन्तिम श्रद्धान्जली अपर्ण गरेका छन् ।
श्रद्धान्जलीका लागि नेपाल प्राज्ञा प्रतिस्ठान कमलादीमा पुर्याइएको उनको शवमा फुलमाला चढाउदै कलाकर्मीले श्रद्धान्जली अर्पण गरेका हुन् ।
सो अवसरमा संगीतकार सन्तोस श्रेष्ठ, गायक बद्री पंगेनी, लोकगायक कुमार बस्नेत लगायतले स्वर्गीय गायक मधुबाबुको योगदानको चर्चा गरे ।
श्रद्धान्जलीका लागि मध्यान्न १२ बजे पुर्याइएको उनको शव २ बजेसम्म प्रतिष्ठान राखिएको थियो । त्यसपछि उनको शवलाई शवयात्रा सहित आजै पशुपती आर्यघाट पुर्याएर अन्त्यष्ठी गरिएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij