प्रकाशित मिति : शुक्रबार, पुस ८, २०७३
काठमाडौँ । पुननिर्माण प्राधिकरणले सुरक्षाका उपायहरु अवलम्बन नगरी नयाँ घर निर्माण र पुननिर्माणको काम शुरु गरेको विज्ञहरुले आरोप लगाएका छन् ।
भूकम्पलगायतका प्रकोप व्यवस्थापन सम्बन्धी अन्तरक्रियाका सहभागीहरुले सरकारले विज्ञहरुसँगको परामर्सबिना नै घर निर्माण गरेकाले भूकम्पिय जोखिमबाट पूर्ण रुपमा सुरक्षित नभएको औंल्याएका हुन् । शुक्रबार ललितपुरमा भएको कार्यक्रममा भूगर्भविद्व रन्जन दाहालले सरकारले विज्ञहरुको परामर्स बिना नै पुननिर्माणको काम थालेको आरोप लगाए ।
उनले आफूले पटक पटक आग्रह गरेपनि प्राधिकरणका कार्यकारी निर्देशकले विज्ञहरुको सुझाव लिन चासो नदेखाएको जिकीर पनि गरे । विज्ञ दाहालले सरकारले पर्याप्त अनुसन्धान गर्ने जनशक्ति र उपकरणको प्रयोग नगरी नै पुननिर्माण थालेकाले अझै पनि सुरक्षित नभएको बताए । उनले प्रकोपबाट बच्न उचित सूचना र शिक्षाको आवश्यक्ता पनि औल्याए ।
कार्यक्रममा जापानका पुननिर्माण विज्ञहरुले आफना देशको अनुभव सुनाएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij