शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

चीनको चेङ्दु नगरबीच भगिनी सम्बन्ध

  • प्रकाशित मिति : शनिबार, पुस ९, २०७३



  • काठमाडौँ । काठमाडौँ महानगरपालिका र जनगणतन्त्र चीनको चेङ्दु नगरबीच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    काठमाडौँ महानगरपालिकाले शुक्रबार आयोजना गरेको औपचारिक समारोहमा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र चेङ्दु नगरको तर्फबाट पार्टी कमिटी सचिव ताङ लियाङ्चीले ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    समानता र आपसीहितका आधारमा संयुक्त प्रयास गर्न सहमत भएका दुई नगरपालिकाले व्यापार, संस्कृति, पर्यटन, शिक्षा, कृषि, स्वास्थ्य, सहरी योजना व्यवस्थापनका विषयमा केन्द्रित हुने बताइएको छ ।

    सम्झौताअनुसार दुई नगरले महत्वपूर्ण गतिविधिको जानकारी आदानप्रदान गर्ने संयन्त्रको स्थापना गर्नुका साथै एकअर्काद्वारा गरिने अन्तर्राष्ट्रिय आदानप्रदान गतिविधिमा सक्रिय सहभागिता जनाउने सम्झौतापत्रमा उल्लेख छ ।

    त्यसैगरी आपसी प्रशासनबीच सञ्चार प्रोत्साहन र सहजीकरण गर्ने, उच्चस्तरीय आपसी भ्रमण गर्ने, आर्थिक र व्यापारिक सहयोग अभिवृद्धि गर्ने, नगरस्तरीय उद्योग तथा वाणिज्य सङ्घ र व्यवसायलाई सहयोग सम्पर्कका लागि मद्दत गर्ने उल्लेख गरिएको छ ।

    कृषि, स्वास्थ्य र हेरचाहका क्षेत्रमा प्रविधि हस्तान्तरण, अनुसन्धान र विकास सहयोगलाई बढावा दिने नगरले सहरी योजना र सङ्कट व्यवस्थापनका लागि अनुभव तथा अभ्यास आदानप्रदान गरिने जनाइएको छ ।

    कार्यकारी प्रमुख तामाङले सम्झौताले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा ठूलो सहयोग पु¥याउने बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij