आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रमुख नहुँदा नागरिकता वितरण हुन सकेन

  • प्रकाशित मिति : शनिबार, पुस ९, २०७३



  • पाल्पा । कार्यालय प्रमुख नहुँदा इलाका प्रशासन कार्यालय रामपुरबाट नागरिकता प्रमाणपत्र वितरण हुन नसक्दा जनताले सास्ती खेप्नुपरेको छ ।

    गत कात्तिक १६ गते कार्यालय प्रमुख किरणचन्द्र सुवेदी रामपुरबाट सरुवा भएपछि नागरिकता वितरण गर्ने कार्य रोकिएको हो । कार्यालयमा ९० भन्दा बढी आवेदन सङ्कलन भइसकेको र आवेदन दिएका सेवाग्राहीको दैनिक आउने जाने काम मात्र भइरहेको छ ।

    नागरिकता कहिले बन्छ भन्ने विषयमा नागरिक नै अन्यौलमा छन् ।
    कार्यालय निमित्त प्रमुख विनोद विष्टका अनुसार नागरिकता बनाउन दैनिक फर्म सङ्कलन भए पनि वितरण गर्न नसक्दा समस्या भएको छ ।
    उनले कार्यालय प्रमुख नभएपछि आफूहरुले वितरण गर्न नमिल्ने बताउँदै आएको फर्म मात्र बुझ्ने गरेको बताए ।

    इलाका प्रशानसन कार्यालय रामपुरमा दैनिक करिब १० वटा नागरिकताका लागि आवेदन सङ्कलन हुने गरेकोछ । रामपुर नगरपालिकासहित पूर्वी क्षेत्रका सात गाविसका नागरिकलाई नागरिकता बनाउने सेवा दिइएको छ ।

    दुर्गम क्षेत्रका बाकामलाङ, गल्धा, झिरुवास, मित्यालबाट नागरिकता बनाउन इलाका प्रशासन कार्यालय आउनेलाई झनै समस्या भएको छ ।
    कार्यालय प्रमुख नहुँदा नागरिकता वितरणमा समस्या भएको गुनासो आफूसँग पनि आएको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले बताए ।

    उनका अनुसार सरुवा भएर आएको कर्मचारीलाई तत्कालै अन्यत्र सरुवा गरेकाले समस्या भएको हो । कर्मचारी नभएको विषयमा गृहमन्त्रालयमा पनि जानकारी गराइसकेको बताउँदै सङ्कलन भएको नागरिकता वितरण गर्नका लागि सोमबारसम्म कर्मचारी खटाउने गौतमले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij