प्रकाशित मिति : शनिबार, पुस ९, २०७३
काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले बिहान र बेलुका कार्यालय समयमा सामान ढुवानी गर्न रोक लगाएको भन्दै ट्रिपर चालक तथा सञ्चालकहरुले बिरोध गरेका छन् ।
ट्राफिक प्रहरीले यही पुष १ गतेदेखि लागू हुने भन्दै बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि साँझ ६ बजेसम्म समान ढुवानी गर्न रोक लगाएको भन्दै ट्रिपर व्यवसायीहरुले बिरोध जनाएका हुन् ।
उनीहरुले शनिबार तिनुकनेस्थित खुल्ला चौरमा भेला भएर बिरोधसभा गरेका छन् । सरकारले भन्सारको प्रलोभनमा नयाँ गाडी भित्राउन दिएपनि चलिरहेका र पूराना गाडी सञ्चालनमा विभिन्न नियम लगाएर अवरोध गरेको भन्दै व्यवसायीहरुले बिरोध गरेका हुन् । सरकारले उचित पार्किङको व्यवस्था र पूराना सवारीसाधनको विकल्प नदिइ अनावश्यक नियम लगाएर आफूहरुलाई गरीखान नदिएको चालकहरुले गुनासो गरे ।
व्यवसायीहरुले ट्राफिक प्रहरीले सडकमा नियमति रुपमा नगुड्ने भएपनि आफूहरुलाई मात्र नियन्त्रण गर्न खोजको उनीहरुको गुनासो छ । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा अत्याधिक सवारी चापका कारण कार्यालय समयमा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको भन्दै महानगरिय ट्राफिक प्रहरीले कार्यालय समयमा मालबाहक सवारी सञ्चालनमा रोक लगाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij