प्रकाशित मिति : शनिबार, पुस ९, २०७३
काठमाडौं । नेपाल एसबीआई बैंकले पोखरास्थित फेवातालको सौन्दर्य बढाउनका लागि काम शुरु गरेको छ ।
एस.बी.आई. मुम्बईका नायब प्रवन्ध निर्देशक सिद्धार्थ सेनगुप्ताले आज पोखरामा आयोजित एक कार्यक्रमका बीच फेवाताल सौन्दर्यकरण परियोजनाको शिलान्यास गरे । 
सो अवसरमा ब्राम्हणहरुद्वारा भुमि पूजा, स्वस्ती वाचन गरिएको थियो भने मंगल धुन पनि बजाइएको थियो ।
नेपाल एसबीआई बैंकले पोखरा उपमहानगरपालिकासँगको सहकार्यमा फेवातालको सौन्दर्यमा सुधार ल्याउनका लागि सो परियोजना थालेको हो ।
यसका लागि बैंक र उपमहानगरपालिका बीच गत भदौमा एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
समझदारीपत्रका अनुसार बैंकले फेवा ताल किनारको फुट ट्रयाकमा कम्तिमा १३ ओटा प्रतिक्षालय (गजेबो), शौचालय, पिउने पानी वितरण कक्ष, स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि बैंकिङ टर्मिनल (सीडीएम÷एटीएम÷बैंकिङ युटिलिटी) निर्माण गर्ने छ भने फेवा किनारलाई फूल तथा हरियालीले सुशोभित गर्नेछ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत फेवाताल सौन्दर्य परियोजनाको शुरुवात गरेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij