शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

भुकम्प प्रतिरोधक भवन निर्माणमा अर्घाखाँची सिमेन्टको जोड

  • प्रकाशित मिति : शनिबार, पुस ९, २०७३



  • कास्की । अर्घाखाँची सिमेन्ट प्रा.लिले भुकम्प प्रतिरोधक भवन निर्माण गर्न सरोकारवालाहरुलाइ आग्रह गरेको छ । कास्कीको पोखरामा शुक्रबार भएको विशेष भेटघाट कार्यक्रम राखि यस्तो आग्रह गरेको हो । कार्यक्रममा इन्जिनियरर्स, कन्ट्रयाक्टरर्स र निर्माणकर्मीहरुको विशेष सहभागिता रहेको थियो ।
    भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा कम्पनीका तर्फबाट भूकम्प प्रतिरोधक भवन निर्माण र गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा अर्घाखाँची सिमेन्ट प्रा.लि. का इन्जिनियर विकास भट्टराइले सहभागी सबैलाई भूकम्प प्रतिरोधक भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गर्नुका साथै गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने तरिकाका बारेमा जानकारी दिए ।
    विषेश भेटघाट कार्यक्रमका सहभागीहरुलाई कम्पनीका सिनियर सेल्स एण्ड मार्केटिङ् मेनेजर रमेश थापाले आगामी दिनमा अर्घाखाँची सिमेन्टले विशेष बजार नीति अपनाउने बताए ।
    देशकै उत्कृष्ट र गुणस्तरीय सिमेन्ट ब्राण्ड अर्घाखाँची ओ.पी.सि. सिमेन्ट गुणस्तरीय र भरपर्दो सिमेन्टको रुपमा उपभोक्तामाझ परिचित छ । यसले उच्च स्तरको जर्मन प्रविधि सहित अटो रोटो प्रविधिबाट गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij