शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

व्यवसाय गर्न इनोभेन्सको नयाँ आइडिया

  • प्रकाशित मिति : शनिबार, पुस ९, २०७३



  • काठमाडौं । क्लक बी बिजनेस इनोभेसन्सले ब्यवसाय गर्न नयाँ आइडियाको सिर्जना गर्न ‘आइडिया डिजाइनिङ समिट’ आयोजना गरेको छ ।
    काठमाण्डौमा हालै भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा बैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज बैद्यले युवा शक्ति नयाँ क्षेत्रमा सिर्जनात्मक ढंगले लागिरहेको बताए । ‘युवाको सिर्जनात्मक क्षमतालाई अभिबृद्धि गरेर त्यसलाई ब्यवसायिक रुपमा प्रयोग गर्न सके मुलुकमा आर्थिक समृद्धि सम्भव छ,’ उनले भने, ‘यसले मुलुकमै रोजगारी सिर्जना गर्नेछ ।’
    त्यसक्रममा आइएमइ गु्रपका अध्यक्ष चन्द्र ढकालले आइएमइ ग्रुपलाई सानोदेखि ठूलो आकारसम्म ल्याउँदाको अनुभव बाँड्दै भने, ‘समयअनुसार चल्न सके जुनसुकै संस्थालाई ठूलो आकार दिन सकिन्छ ।’
    समिटमा विश्वब्यापी रुपमा चर्चित ‘स्ट्यान्ड अप फर प्यासन’ को नेपाल संस्करण ‘स्ट्यान्ड अप फर प्यासन इन नेपाल’ समेत आयोजना गरिएको थियो । त्यस अबसरमा नेपालमा विभिन्न क्षेत्रमा चर्चा कमाएका सुस्मित ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुशिल पोखरेल, बैंकर रविना देशराज श्रेष्ठ, क्रिकेटर विनोद दास, अभिनेतृ निशा अधिकारी, सामाजिक उद्यमी डा. प्रणव जोशी र अवतारी लामा डोल्पो टुल्कु रिम्पोछेलगायतका ब्यक्तित्वहरुले आफ्नो सफलताको वास्तविक अनुभव बाँडेका थिए ।
    कार्यक्रममा विज्ञापन ब्यवसायी रंजित आचार्यले नयाँ ब्यवसायिक सोचहरुलाई तिखार्ने तरिकाबारे सहभागीलाई प्रत्यक्ष ब्यवहारिक ज्ञान बाँडेका थिए ।
    क्लक वि इनोभेसन्सका प्रमुख कार्यकारी अधिकृत विनय देवकोटाले नेपालमा आइडिया अरुको नक्कल गरेर ल्याइने गरेको अबस्थामा नेपाली मौलिक सोचहरु सिर्जना गर्न सहयोग पु¥याउन समिट आयोजना गरिएको बताए । ‘नेपालको बजार, जनशक्ति, तिनीहरुको क्षमता बाहिरी विश्वभन्दा फरक छ,’ उनले भने, ‘त्यसैले नयाँ मौलिक सोचहरु विकास गर्न यस्तो कार्यक्रम आयोजना गरेका हौं ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij