बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

मृत सम्झेर नदीमा बगाइएकी महिला ४० वर्षपछि घर फिर्ता

  • प्रकाशित मिति : आइतवार, पुस १०, २०७३



  • यो घटना कुनै फिल्मको जस्तो लाग्छ । सुरुमा सुन्दा अपत्यारिलो भएपनि यो घटना पूर्ण रुपमा वास्तविक हो । भारतको कानपूरबाट ४० किलोमिटर टाढा इनायत मझावनपुर गाउँका लागि विलासा देवी मरिसकेकी थिइन् । गाउँका मानिसहरुले नै उनलाई ४० वर्ष पहिले गंगामा बगाइदिएका थिए ।

    स्थानीयले विलासा देवीको मृत्यु भइसकेको भन्ने सोचेर उनलाई गंगामा बगाइदिएका थिए । ४० वर्षपछि जब विलासा गत डिसेम्बर २३ तारिख शुक्रबारका दिन आफ्नो जन्मस्थल आइपुगिन् र आफ्नो परिचय दिइन् तब मानिसहरु निकै अचम्मित भए ।

    ४० वर्ष पहिले विलासालाई सर्पले डसेको थियो । सर्पले डसेर अचेत भएकी उनलाई स्थानीयले मरिसकेको सम्झेर गंगामा बगाइदिए । गंगामा बगाइएकी महिला ४० वर्षपछि फर्केर आएपछि त्यहाँका स्थानीय चकित परेका छन् ।

    अचम्मित गरिदिने यो घटना ४० वर्षसम्म कानपुरमा गोप्य रह्यो । तर गत शुक्रबार बेलुका यसमा यस्तो नाटकीय मोड आयो कि यो सबैको चर्चाको विषय बन्यो ।

    यसै गाउँका मातादीनले ४० वर्ष पुरानो घटनालाई याद गर्दै यसको पुष्टि गर्छन् । मातादीनका अनुसार विलासालाई तब कानपुरको सिद्धनाथ घाटमा मृत मानेर बगाइएको थियो ।

    विलास मूल रुपमा कानपुरको पतारा गाउँकी हुन् । उनको पहिलो विवाह बिधुनका चरैया गाउँमा छिद्दुसँग भएको थियो । छिद्दुसँग सम्बन्धमा तितोपन छाउन थालेपछि विलासाले नजिकैको इनायतपुर  मझावन गाउँका कल्लूसँग विवाह गरेकी थिइन् ।

    यसै गाउँमा उनलाई सर्पले टोकेको थियो र मानिसहरुले मृत सम्झेर उनलाई बगाइदिएका थिए । यहाँको इलाकाको पुरानो परम्पराका अनुसार जसलाई सर्पले टोकेको छ वा टीबीजस्ता बिरामीको मृत्यु भयो भने उनीहरुलाई जलाउनुको साटो गंगामा बगाइन्छ ।

    विलासा देवीका अनुसार केही स्थानीयले उनलाई इलाहाबादमा गंगाबाट निकालेका थिए । उनी तीन वर्षसम्म इलाहाबादमा गंगाको किनारामा रहेको एक मन्दिरमा बसिन् । त्यसै मन्दिरबाट विलासालाई कन्नोजका राम सरनले आफूसँगै लिएर गए ।

    केही वर्ष पहिले विलासाको भेट सन्नो नामका एक महिलासँग भयो । सन्नो कानपुरकी थिइन् । जब यी दुईको कुराकानी भयो तब उनको मस्तिष्कमा पुराना याद ताजा भएको उनले बताइन् ।

    सन्नोले विलासालाई उनको पहिलो विवाहबाट जन्मिएकी छोरी राम कुमारीको बारेमा बताइन् । उनले राम कुमारीलाई पनि यो कुरा बताइन् । सुरुमा राम कुमारीले उनको कुरामा विश्वास गरिनन् ।

    राम कुमारीले विलास देवीलाई कन्नौजबाट इनायतपुर मझावन ल्याइन् । गाउँ पुगेपछि उनले भनिन्, ‘अब मलाई धेरै कुरा याद आइसकेको छ । मेरो पुरानो घर, मेरो परिवार, मेरा बच्चा । अब म यहाँ नै बस्छु ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij