बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

एक बर्षमा पुनर्निमाण प्राधिकरणले कति काम गर्यो ?

  • प्रकाशित मिति : आइतवार, पुस १०, २०७३



  • काठमाडौं । भूकम्पपछिको पुनर्निमार्णका लागि गठित राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरणले काम थालेको एक बर्ष पूरा भएको छ । एक बर्षमा प्राधिकरणले गरेका कामबारे आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।
    प्राधिकरणका कार्यकारी निर्देशक शुसिल ज्ञवाली, सचिव डा.सञ्जय शर्मा, सह–सचिव धर्मराज गुराँगाईलगायतका कार्यकारी समितिका पदाधिकारीसहितको टोलीले प्राधिकरणले गरेका कामबारे जानकारी गराएको हो ।
    ६ लाख २६ हजार ३६ घरधनी अनुदान पाउन सुचिकृत
    –राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले व्यक्तिका निजी आवास निमार्णका लागि विशेष प्राथमिता दिएको बताएको छ । भूकम्पको मारमा परेका भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधनीसँग अनुदान रकम दिन सूचीकृत गरेको जनाएको छ ।
    –प्राधिकरणका अनुसार पुस ८ गतेसम्म ५ लाख ४३ हजार १ सय ७ घरधनीले अनुदान सम्झौता गरेका छन् भने ४ लाख ५८ हजार ५ सय ९२ घरधनीले अनुदान रकम प्राप्त गरी घर पुनर्निर्माण गर्ने वातावरण तयार भएको छ ।
    –भूकम्प अतिप्रभावित १४ जिल्लापछि भूकम्पबाट प्रभावित र कम प्रभावित १७ जिल्लामा सर्वेक्षणको काम अघि बढाउने प्रक्रिया शुरु गरेको छ ।
    –भूकम्प प्रभावित क्षेत्रमा ४१ हजार ३ सय ११ घर निर्माण भएको र १७ हजार १ सय ४४ घरको पुनर्निर्माण जारी रहेको प्राधिकरणका प्रमुख ज्ञवालीले जानकारी दिए ।
    गुनासोको चाङ
    –भूकम्पप्रभावितलाई राहत वितरणका लागि घरधुरी सर्वेक्षण, अनुदान सम्झौता र वितरणका क्रममा २ लाख ४ हजार १ सय ७७ वटा गुनासा स्थानीय तहमा दर्ता भएको प्राधिकरणले जनाएको छ ।
    –प्राधिकरणको केन्द्रमा मात्रै १ लाख ७ हजार गुनासा प्राप्त भएका छन् ।
    –कतिपय गुनासाहरु स्थानीय तहबाटै सम्बोधन भएका छन् भने केन्द्रमा प्राप्त मध्ये पनि ७९ हजार ३ सय २२ वटा गुनासाहरुको पुनरावलोकन भएको छ ।
    –गुनासो पछ्र्यौट पछि गुनासो कर्तालाई नयाँ अनुदान कार्यविधि पारित हुनासाथ प्रकाशन गरिने दिइने भएको छ ।

    ६९ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण कार्य जारी
    –प्राधिकरणले देशभर क्षति भएका झन्डै ७ सय धार्मिक–साास्कृति पुरातात्विक सम्पदाहरु मध्ये १५ वटा सम्पदाको पुननिर्माण कार्य सम्पन्न भएको जनाएको छ ।
    –भूकम्प प्रभावित स्थलमा ६९ वटा सम्पदाको पुनर्निर्माण कार्य चलिरहेको छ ।
    –चालू आर्थिक वर्ष २०७३÷०७४ भित्रै थप ७४ वटा सम्पदाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ ।
    स्थानीय तहको पुर्नसंरचना भएपछि मात्र अस्पताल बन्ने
    प्राधिकरणका कार्यकारी निर्देशक शुसिल ज्ञवालीले स्थानीय तहको पुर्नसंरचना पछि बन्ने केन्द्रका आधारमा अस्पातलाई स्थायी ढंगले पुनर्निमार्ण गर्ने बताएका छन् ।
    –हालसम्म २ सय वटा स्वास्थ्य केन्द्रको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्न भएको र १ सय ६९ वटा स्वास्थ्य केन्दको पुनर्निर्माण कार्य जारी रहेको प्राधकिरणले जनाएको छ ।
    –चालू आर्थिक वर्षभित्रै २ सय ६८ वटा स्वास्थ्य केन्द्र तथा संस्थाको पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
    २ सय २८ वटा सरकारी भवन पुनर्निर्माणको चरणमा
    –प्राधिकरणले ३२ वटा सरकारी भवनको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्न भएको जनाएको छ ।
    –यस्तै २सय २८ वटा सरकारी भवन पुनर्निर्माणको चरणमा रहेको जनाइएको छ ।
    –चालू आर्थिक वर्षभित्रै केन्द्र र जिल्ला तहका स्थायी एवम् प्रिफ्रेब्रिकेटेड गरी ५ यस ७ वटा भवन पुनर्निर्माण गर्र्ने लक्ष्य राखेको छ ।
    २ सय बिद्यालय पुनर्निमार्ण
    –प्राधिकरणले शैक्षिक संस्थातर्फ २ सय विद्यालयको पुनर्निर्माण भएको बताएको छ ।
    –१२ सय विद्यालय भने पुनर्निर्माणको प्रक्रियामा छन् ।
    –२०७४ साल कार्तिकभित्र २३ सय विद्यालयहरुको मर्मत सम्भार एवम् पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ ।

    –यस्तै भूकम्पबाट क्षति भएका खानेपानी आयोजना मध्ये २ सय ९७ वटाको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको र ९६१ आयोजनाहरुको पुनर्निर्माण भइरहेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए ।
    यो बर्ष कम्तीमा २५ बस्ति बनाउने
    –प्राधिकरणले ‘अझ राम्रो र बलियो बनाऔं’ भन्ने अवधारणामा आधारित रहेर यो बर्ष कम्तिमा २५ वटा एकीकृत सघन बस्तीहरुको योजना तयारी गर्ने गरी कार्य अघि बढाइएको बताएको छ ।
    –काठमाडौं उपत्यकाभित्रका सात वटै विश्वसम्पदा क्षेत्रहरु र गोरखा एवं नुवाकोट दरबार क्षेत्रको वृहत्तर विकासका निम्ति गुरुयोजना तयारी कार्य अघि बढाइएको जानकारी दिएको छ ।
    –अन्तर्राष्ट्रिय दातृ निकाय र विशेषज्ञहरुले प्राधिकरण गठन भएदेखि एक वर्षको अवधिको कामलाई सन्तोषजनक रुपमा अघि बढेको भन्दै थप सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij