आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वायुसेवा निगमबाट हुने सेवालाई प्रभावकारी बनाइने

  • प्रकाशित मिति : आइतवार, पुस १०, २०७३



  • काठमाडौँ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपाल वायुसेवा निगमबाट हुने सेवालाई यथाशक्य छिटो गुणस्तरीय र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा उनले विभिन्न पेसा व्यवसाय र रोजगारीका लागि मुलुक बाहिर ५० लाखको सङ्ख्यामा रहेका नेपाली नागरिक मात्रै पनि निगमका लागि ठूलो र सुरक्षित बजार भएको उल्लेख गरे ।
    बैठकमा नेता माधवकुमार नेपालले कार्यकारीले काम गर्न चाहने तर गैरकार्यकारीले रोक्ने प्रवृत्ति विकासको बाधक भएको जनाउँदै संसदीय समिति विकासको बाधक बन्ने होइन, सहयोगी हुनुपर्छ भने ।
    उनले भने , “नेपाल एयरलायन्सको नयाँ विमान ल्याउने काममा सबैले सहयोग गर्नुपर्छ, राम्रो काम गर्नेलाई हौसला प्रदान गर्नुपर्छ, दण्ड र प्रोत्साहनको प्रणाली राम्रोसँग लागू हुन सकेको छैन, पर्यटन विकासमा विशाल सम्भावना बोकेको नेपालसँग आफ्नै पर्याप्त ध्वजावाहक जहाज हुनुपर्छ ।”

    नेपाल वायुसेवा निगमका जहाजको सेवा सस्तो, गुणस्तरीय र समयतालिकानुरुपको हुनुपर्छ भन्दै नेता नेपालले अरुले चलाएका पुराना कबाडी जहाज नेपाल भित्र्याउने होइन, नयाँ दुई चार वटा होइन सय वटा खरिद गर्नुपरे पनि तयार हुनुपर्छ भने । डा राजन भट्टराईले नेपाल एयरलाइन्सको व्यवस्थापन र कर्मचारीलाई ठीक ढङ्गबाट परिचालन गर्न आवश्यक भएको बताए ।
    सांसद श्याम श्रेष्ठले जहाज खाली हुने तर बजारमा टिकट नपाइने अवस्थाको अन्त्य हुन आवश्यक रहेको धारणा व्यक्त गरे । सांसद प्रेम सुवालले वायुसेवा निगमलगायत कतिपय संस्थान कमिसनले धरासयी भएको विचार प्रकट गरे ।
    बैठकमा आमन्त्रित निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले अब युरोपबाट वायुयान खरिद गर्दा कमिसनको सम्भावना ठ्याम्मै नरहेको जानकारी दिए ।
    निगमले वाइड बडीका दुई विमान खरिद गर्ने निर्णय अघि बढेसँगै त्यसका विषयमा उठेका प्रश्नका बारेमा छलफल गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित सरोकार भएका निकायसँग आवश्यक जानकारी लिएको हो ।

    बैठकमा नेपाली आकाशमा नेपाली राष्ट्रिय ध्वजावाहक विमान पर्याप्त उड्नुपर्छ भन्दैसांसदले नेपाल एयरलाइन्सका लागि बजार ठूलो भए पनि विमान न्यारो बडीको हुनु तथा बजार व्यवस्थापन गर्न नसक्नु अहिलेको मुख्य चुनौतीका रुपमा रहेको देखिन्छ भने ।
    अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले नयाँ विमानका लागि रकमको जोहो व्यवस्थापन गर्न मन्त्रालय तयार रहेको जानकारी दिए ।
    दुई वाइड बडीको जहाज खरिद गर्न करिब रु २५ अर्ब रकम लाग्ने बताइएको छ । उक्त जहाज खरिद गर्न गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा नौ कम्पनीले आवेदन दिएका थिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij