प्रकाशित मिति : सोमवार, पुस ११, २०७३
काठमाडौँ । नेपाः पार्टीका नेता तथा पूर्वसभासद् बुद्ध सायमीको ७२ वर्षको उमेरमा आज निधन भएको छ ।
गत सोमबार अचानक बेहोस भई ढलेपछि उनलाई उपचारका लागि जावलाखेलस्थित अल्का अस्पतालमा भर्ना गरिएको थियो ।
उनको स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार साँझबाट उनलाई सघन उपचार कक्षमा राखी उपचार गरिराखिएकामा आज निधन भएको हो । उनमा कलेजो, मिर्गौला र मधुमेहको समस्या रहेको थियो । उनका एक छोरा र एक छोरी रहेका छन् ।
नेपाल भाषामा विद्रोही धारका कविसमेत रहनु भएका सायमी विसं २०६४ को संविधानसभामा नेपाः पार्टीबाट सभासद् थिए । नेवाः देय् गु संस्थाको अध्यक्षसमेत थिए । विसं २०२० मा नेपाल भाषामा कविता लेख्न सुरु गरेका उनका नेपाल भाषाका दुई कविता सङ्ग्रहसहित चार कृति प्रकाशित छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij